सुमन कार्की
कामदार दैनिक
विगत सात वर्षदेखि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा कार्यरत पूर्ण चौहान (प्रिन्स ) नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् ।
हाल कोरियामा रहेका चौहानले अभिनय गरेको ‘राधा प्यारी’ म्यूजिक भिडियो भर्खरै युटुबमा सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियो बजारमा आए लगत्तै ग्रामीण बस्तीमा जन्मिएर कसैको लिङ्क बिना अभिनयमा पुगेका चौहान दर्शकको रोजाइमा पर्न थालेका छन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीत लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको छ भने मोडल चौहानको साथमा गरिमा शर्माको अभिनय रहेको छ ।
कोरियाको व्यस्त समयको बावजुद पनि थोरै समय निकालेर आफ्नो रहरको क्षेत्र मोडलिङमा समेत समय निकाल्ने मोडल चौहानले यसअघि ‘यादमा’ नामक म्युजिक भिडियोमा अभिनय गरेक थिए ।
निर्देशक एजोक मगरको साथमा कोरियामा छाँयांकन भएको यस भिडियोमा प्रमिला कार्कीले अभिनयमा साथ दिएकी छिन् भने नवीन बिश्वकर्माको गीत,संगीत,शब्द र समधुर आवाजमा रहेको छ ।
चौहान १६ अप्रिल २०२२ मा कोरियाबाट नेपाल छुट्टीमा आएपछि उक्त भिडियो रिलिज भएसंगै हाल मनाङ,मुस्ताङको रमणिय स्थलमा छायांकन गरिएको प्रेम,गल्ती,पश्चताप र पर्खाइको कथामा आधारित ‘सितल सितल’ म्युजिक भिडियो निस्कने अन्तिम तयारीमा पुगेको बताउँछन् । केशब राज भट्टको निर्देशन चर्चित गायक प्रताप दासको स्वरमा रेकर्डिं गरिएको गीतको भिडियोमा स्मारिका ढकालले अभिनय गरिकी छिन् ।
