सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश

मुख्य समाचार राजनीति

काठमाडौं,१४,साउन। राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्। गएको शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन्।

उनीसहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरूले केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले २०१० सालदेखि कांग्रेससँग टुटेको नाता पुनः जोडिएको प्रतिक्रिया जनाए। त्यसअघि आफ्नो परिवार कांग्रेसमै रहेको स्मरण गर्दै उनले ६७ वर्षपछि फेरि जोडिएको बताए।

लोकतान्त्रिक शक्ति बलियो बनाउन आफू कांग्रेस प्रवेश गरेको भन्दै थापाले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा अधिनायकवादी शक्ति बढेको बताए। नेपाली कांग्रेस पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरेका हुन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन्।

थापाले राप्रपाले राप्रपामा लोकतन्त्रिक चरित्र र धार सकिएकाले त्यहाँ बसिरहनु उपयुक्त नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका हुन्। लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर पार्टी प्रवेश गरेको थापाले बताएका छन्। कांग्रेस उनलाई सहमहामन्त्री बनाउने भएको छ।

थापासँगै केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि कांग्रेस प्रवेश गरेका छन्।

Facebook Comments Box