ओली सरकार काममा असफलता,भ्रष्टाचारमा लिप्त:बाबुराम भट्टराई

मुख्य समाचार राजनीति

काठमाडौं,१८ मंसिर। नेकपा पार्टीमा पार्टी नेताहरुकै बीच पार्टीगत विषयमा  आलोचना भएका बेला जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार एक ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनै पर्ने देखिएकाे बताएका छन्।

अहिलेको ओली सरकार काममा असफलता,भ्रष्टाचारमा लिप्त भएको कुरा उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि केपि ओलिको अब पदबाट राजीनामा गराउनुपर्ने भट्टर्राईले पर्ने बताएका हुन्।

बाबुराम भट्टराईले यसरी आफ्नो भनाई राखेका छन्। नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’।

Facebook Comments Box