कांग्रेस जिल्ला सदस्य कुँवर र क्रियाशील सदस्य परियारको हत्या दोषीमाथि कडा कारबाही गर्न नेपाली कांग्रेसको माग

मुख्य समाचार राजनीति समाचार

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा नेपाली कांग्रेस बाग्ुलड.का जिल्ला सदस्य प्रकाश कुँवर तथा क्रियाशील सदस्य दीपक नेपालीको हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति प्रकाशित गर्दै यस घटनाको अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ सरकारसँग माग गर्नुभएको हो ।

घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले जीवन गुमाउनुभएको छ ।

दुबै युवाको मृत शरीर भिरबाट करीब ४०० मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको कांग्रेस प्रवक्ताले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसले घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिमलाई बिहान घटनास्थल पठाएको छ ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारवाही अघि बढाउन कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला कार्य समिति बाग्लुड.ले पनि जिल्ला सदस्य कुँबर र क्रियाशील सदस्य नेपालीको हत्या गर्ने दोषीहरुमाथि कडा कारबाहीको माग गरेको छ । जिल्ला कार्य समितिले दिवंगत जिल्ला नेता र कार्यकर्ताप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।

Facebook Comments Box