मतभेद र तिक्तता भुलेर महाधिवेशनमा लागौँ: नेता चन्द

समाचार

अशोक खड्का

काठमाडौँ।

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाली कांग्रेस क्षेत्र न (ख)का पार्टी सभापती तेज ब चन्द झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन् ।

 

गृहजिल्ला बैतड़ी को पाटनमा बुधबार जिल्ला कार्यसमिती द्वारा आयोजित प्रसीशण भेलालाई सम्बोधन गर्दै युवा नेता चन्दले पार्टी सभापति शेरबहादुर देउवा बाध्यात्मक परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री बनेको बताए ।

 

कांग्रेसको १४औँ महाधिवेशनले गाउँ, वडादेखि नै युवा र असल नेतृत्व आउने बताए नेता चन्दले महाधिवेशनलाई मेलमिलाप र आपसी सद्भावका रुपमा अगाडि बढाउनुपर्ने बताए । कांग्रेस बारम्बार कांग्रेस भित्रका ग़ैर कांग्रेसीहरूको कारणले हारेको संकेत कांग्रेसलाई केवल कांग्रेस भित्रका ग़ैर कोंग्रेसी बाहेक़ अरु कसैमा पनी तागत नरहेको पनि बताए कार्यक्रममा कांग्रेसका पुर्ब सचेतक विनयध्वज चन्द , पुर्ब राज्य मन्त्री नर ब चन्द, पूर्व सभापति शिवराज भट्ट,नेता केशव चन्द नेता हरिमोहन भण्डारी लगायत क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box