अन्तर्राष्ट्रिय पदक बिजेता सम्मान तथा बेल्ट प्रोमोसन कार्यक्रम सम्पन्न

खेलकुद समाचार

इलाम।

मिति २०७८/१२ /२५ गते शुक्रबारका दिन तोङ्ग इल मो दो संघ ,ईलाम – नेपाल (एकीकृत मार्सल आर्ट ) को आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पदक बिजेता तथा जिल्ला स्तरीय बेल्ट प्रोमोसन कार्यक्रम सप्पन्न भएको छ। सुर्योदय नगरपालिका-१३ लक्ष्मिपुर ,इलाममा उत्साहका साथ सम्पन्न भएको कार्यक्रममा सोही क्षेत्रका उत्कृष्ट २० खेलाडीहरुको सहभागिता रहेको थियो भने सो अवसरमा ” वल्र्ड अनलाइन वोन चाम्पियनसिप -२०२१ ” स्वर्ण पदक बिजेता बिस्वजित गुरुङ ,रोङ्ग गाउपालिका -४ लाई सम्मान गरिएको थियो । राष्ट्रियता,स्वाथ्य र शान्ति साथै खेलकुद बिकास गर्ने उद्देश्यका साथ यश कर्यक्रम आयोजना गरिएको थियो।

 

श्री ज्योती माध्यमिक बिद्यालय सुर्योदय नगरपालिका-१३,लक्ष्मिपुरमा आयोजित कार्यक्रममा बिद्यालय व्यवस्थापन अध्यक्ष दिनानाथ मिश्र को सभापतित्व तथा सुर्योदय नगर प्रमुख रण बहादुर राई ज्यु को प्रमुख आतिथ्यता साथै मुख्य निर्णायकको भुमरीमा तोङ्ग इल मोदो संघ नेपालका अध्यक्ष तथा अन्तरास्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठ रहेका थिए । साथै सुर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा का तर्फबाट कँरातेका अन्तरास्ट्रिय प्रशिक्षक प्रदिप नारायण प्रधान तथा नगर खेलकुद बिकास समिती अध्यक्ष शरण राई हरुको सभामा बिशेष आतिथ्यता रहेको थियो भने सुरक्षा कट्टुसे वीर प्रहरी चौकी इन्चाज पर्शुराम मुखिया,स्थानिय समाजसेबि बिक्रम चेम्जोङ्ग, शिक्षक/अभिभावक संघ अध्यक्ष पुर्ण लाल राई, शि .अ . सदस्य हरि आचार्य , ज्योति माध्यमिक बिद्यालय प्रधानाध्यापक तारा प्रसाद कट्टेल, सहायक प्रधानाध्यापक अभिचन्द्र भट्टराई , पुर्व प्र अ याम ब. आचार्य , तोङ्ग इल मो दो संघ इलामका अध्यक्ष तथा प्रशिक्षक बिश्वजित गुरुङ्ग, बिद्यालय व्यवस्थापन समिति सदस्यहरु डम्बर ब. राई, ठबी राज ढुंगाना, तारा कुमारि राई, माया राई, टीका कुमारी कट्टेल, प्रेम बहादुर राई,सुर्योदय , दिपेश राई , बिधालय बाल क्लब सम्योजक सनम राई जस्ता व्यत्तित्वका आतिथ्यताले समारोहको सोभा बढाएको थियो । स्वागत मन्तव्य विद्यालय प्र.अ तारा प्रसाद कट्टेलले गर्नु भएको कार्यक्रमको सन्चालन सुर्योदय नगर खेलकुद सदस्य तथा शिक्षक दिपक पौडेल ले गरेका थिए ।

 

कार्यक्रममा आफ्नो मनतव्य राख्दै प्रमुख अतिथी रण बहादुर राईले खेलकुद मानव जिवनकोलागि अपरिहार्य रहेको बताउनु भयो। खेलकुद ले शारीरिक रुपमा मात्रै नभएर स्वाथ्य तथा मानसिक रुपमा बनियो बनाउने कुरा स्पष्ट पार्नु भयो र उहाँ स्वयम् आफू मड्निङ्ग वाक तथा व्यायाम गर्नु हुने र अरुलाई नि गर्न वा खेलकुदमा संलग्न हुन आह्वान गर्नु भयो । साथै आउँदा दिनहरुमा पनि खेलकुदलाई भरपुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउदै प्रोमोशन भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

 

बेल्ट प्रोमोशन कार्यक्रमको मुख्य निर्णायकको भुमिका निर्वाह गर्दै तोङ्ग इल मोदो संघ नेपालका केन्द्रिय अध्यक्ष प्रकाश श्रेष्ठले यो तोङ्ग इल मो दो एक एकीकृत मार्शल आर्ट रहेको र यसको प्रमुख उध्येश्य शान्ति स्थापनाको लागि योगदान गर्ने , खेलाडीलाई देश प्रेमी र जिम्मेवार नागरिक बन्न प्रेरणा दिने साथै बैचारिक , मानसिक र शारीरिक स्वास्थ समाज निर्माण हो भन्दै उहाँले खेलाडी वेल्ट प्रोमोसन हुनु भनेको थप जिम्मेवारी वहन गर्नु पर्ने कुरा स्पष्ट पारेका थिए ।
नेपालमा रोड बाट सुरु गरि नेपालमा १५ सय भन्दा बढी खेलाडी उत्पादन भैसकेको बताए। यश खेलले मन र शरीर एकीकृत गर्दै आफुलाई पुर्ण नियन्त्रणमा राख्न सकिने साथै व्यतिलाई परिपक्क, परिवार आदर्श, समाज सभ्य साथै राष्ट्र र विश्वमा शान्ती स्थापनाको लागि महत्वपुर्ण भुमिका खेल्ने कुरामा उनको जोड थियो भने खेलाडीहरु बाट उत्कृष्ट कला प्रदसन गदै अरु विद्यार्थी सुन्दर सास्कृतिक डान्स प्रस्तुत गर्दै कार्यक्रम सफल रुपमा सम्पन्न भएको थियो।

Facebook Comments Box