तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता मे १५ मा गर्ने

कोरियाअपडेट खेलकुद समाचार

सन्तोष खड्का

सौल, दक्षिण कोरिया

“BUDHDHA WAS BORN IN NEPAL” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको ख्याङ्साङ क्षेत्रमा रहेको एकमात्र महिलाआवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता मे १५ मा गर्ने गएको छ।

विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको पछिल्लो अवस्थामा वातावरण सहज भएकोले महिलाआवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता गर्न लागिएको तामाङ घेदुङ ख्याङ्सान बुसानका अध्यक्ष धनराज तामाङले बताए।

मे १५ मा आयोजना हुन लागेको तेस्रो  बुद्व जयन्ती फुटसल टुरनमेन्ट कपमा टिम दर्ता गर्ने समय मे तारिक सम्म मात्र भएकोले सम्पूर्णटिम म्यानेजरहरूलाई समयमै टिम दर्ता गरि सहयोग गरिदिनुहुनको लागि अनुरोध गर्दै तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता २०२२सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको लागी समेत आयोजकले हार्दिक अनुरोध गरेको छ।

Facebook Comments Box