वृद्धवृद्धा भत्ता घर घरमा पुर्‍याउने छु

अन्तर्वार्ता-विचार

आनन्द प्रसाद श्रेष्ठ
वडा अध्यक्ष पदका राप्रपा उम्मेद्वार
काठमाडौँ महानगरपालिका वडा नं १४
तपाई राप्रपाको तर्फबाट काठमाडौँ महानगरपालिका वडा नं १४ को वडाअध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ । यहाँको स्थिति कस्तो छ ?

पहिला भन्दा यस वडामा हाम्रो पार्टी राप्रपाको स्थिति धेरै राम्रो छ । हाम्रो टिम नै जित्ने वातावरण बनिरहेको छ । जहाँ हामी जान्छौँ, यस पटक राप्रपालाई भोट हाल्छौँ भनिरहनु भएको छ । यसले हामी उत्साहित पनि छौँ ।

तपाई जितेपछि के के राम्रा काम गर्नु हुन्छ ?

सबै भन्दा पहिला हाम्रो टिमले भ्रष्टाचार सुन्य गर्ने छौँ, फोहोर मैला व्यवस्थापन गर्ने छौँ, बेरोजगारहरुलाई स्वरोजगार मूलक तालिम दिने छौँ, प्रत्येक वडावासीको धारामा पानी पुर्‍याउने छौ, अव्यवस्थित कर खारेज गर्ने छौ, वृद्धवृद्धा भत्ता घर घरमा पुर्‍याउने छौ, अव्यवस्थित कर खारेज गर्ने छौ, वृद्धवृद्धा भत्ता घर घरमा पु¥याउने छौँ, कक्षा १२ सम्म निःशुल्क हुने व्यवस्था गर्ने छौ ।

राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष भएर आएपछि देशव्यापी रुपमा पार्टी प्रवेशको लहर छ, यो वडामा कस्तो छ ?

राप्रपामा युवा नेता, जनप्रिय नेता राजेन्द्र लिङदेन अध्यक्ष भएपछि देशव्यापी रुपमा पार्टी प्रवेश गरिरहेको कुरा सहि हो । अन्य जस्तै यस वडामा पनि स्वतन्त्र मतदाता मात्र होइन अन्य पार्टीमा लागेका पनि राप्रपामा प्रवेश गरिरहेका छन् । .माओवादीको केन्द्रीय सल्लाहकार गणेश गिरी पनि राप्रपा प्रवेशगर्नुले के पुष्टी गर्छ भने राप्रपा प्रवेशको देशव्यापी लहर छ । राप्रपाको लिएको एजेण्डामा सहमत हुनेको व्रmम बढिरहेको छ ।

राप्रपाको प्रमुख बटमलाइन हिन्दु राज्य र राजसंस्था हो । यहि एजेण्डाले जनताले तपाईहरुलाई जिताउदैनन ?

यो प्रश्नअत्यन्त सान्दर्भिक छ, सबै हिन्दुवादी र राजसंस्थावादीहरुले यस वडामा राप्रपालाई जिताउछु भनेर विश्वास दिलाउनु भएको छ । हाम्रै आफ्नै एजेण्डाले हामी जित्दै छौँ ।

राप्रपाले केही स्थानमा अन्य दलसँग चुनावी तालमेल गरेको देखिन्छ, यहाँ चुनावी तालमेल छैन ?

हामीले यस वडामा अन्य दलसँग तालमेल गरेका छैनौ । राप्रपाका इमान्दार कार्यकर्ता, स्वतन्त्र मतदाताको सहयोगमा हामी जित्दैछौं । अन्य पार्टीमा लागेकाले पनि हामीलाई मत दिदैछन् ।

जनप्रतिनिधिहरुले विजय भएपछि यो पार्टी र ऊ पार्टी भने पक्षपात गर्ने गरेको सुनिन्छ, यस बारे तपाई के भन्नुहुन्छ ?

मैले जिते यो पार्टी र उ पार्टी भनेर पक्षपात गर्दिन । यो मेरो सम्पूर्ण वडावासीमा बाचा भयो । हाम्रो वडाको टिम एक कार्यकालको लागि मात्र हो । मलाई पदको लोभ छैन । जनताको सेवा गर्न अध्यक्ष पदमा उठेको हुँ । मैले दशकौं देखि समाजसेवा गर्दै आएको छु । म वडामा अध्यक्ष भए पछि पनि स्वतन्त्र भएर जनसेवा गर्ने छु ।

उम्मेद्वारले जित्नु भन्दा पहिला एउटा जिते पछि अर्काे गर्छन् भनिन्छ नि ?

हामी सबै पक्षका मतदाताको सहयोगमा जित्दैछौ भने जितेपछि किन पक्षपात गर्ने ? यस अघिका जनप्रतिनिधिले यस्तो गरे होलान् तर म इमान्दार र स्वतन्त्र भएर जनताको सेवा गर्ने बाचा गर्छु ।

अन्तमा तपाईलाई नै मत दिन यस वडावासीलाई तपाईको सन्देश दिनुस् ?

राप्रपा जनताले नचिनेको पार्टी होइन, राजेन्द्र लिङ्देन नचिनेको नेता होइन म पनि यस वडाका मतदाताको परिचितै हो, त्यस कारण यस पटक राप्रपालाई मत दिन सम्पूर्ण वडावासी आमा बाबु दाजुभाई दिदी बहिनीमा हार्दिक अनुरोध गर्दछु ।

Facebook Comments Box