तामाङ घेदुङ ख्याङ्सान बुसानले मे १५ मा गर्ने फूट्सल प्रतियोगिताको तयारी पुरा

कोरियाअपडेट समाचार

सन्तोष खड्का

सौल, दक्षिण कोरिया


BUDHDHA WAS BORN IN NEPAL” भन्ने मूल नाराका साथ मे १५ मा दक्षिण कोरियाको ख्याङ्साङ क्षेत्रमा रहेको एकमात्रमहिलाआवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले आयोजना गर्न लागेको तेस्रो बुद्ध जयन्तीफूट्सल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको तामाङ घेदुङ ख्याङ्सान बुसानका अध्यक्ष धनराज तामाङले बताए।

विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको पछिल्लो अवस्थामा वातावरण सहज भएकोले महिलाआवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता गर्न लागिएको आयोजकले वताएको छ।

ख्याङ्सान बुसानमा रहेका विभिन्न क्षेत्रीय संघ संस्थाहरुसँगको सहकार्य समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रमबाट जातियभेषभुषा मौलिकता प्रवर्दनमा टेवा पुग्नुको साथै भाईचारा आत्मियता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छ।

एकदमै महत्वका साथ हेरिएको उक्त प्रतियोगितामा प्रथम पुरुस्कार 30,00,000 कोरियन वोन , ट्रफी, मेडल, सर्टिफिकेट, दोस्रोपुरुस्कार 18,00,000 कोरियन वोन, ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट खेलाडीलाई 100,000 कोरियन वोन ट्रफी , उत्कृष्ट गोलरक्षकलाई 75,000 कोरियन वोन ट्रफी बढी गोल हान्नेलाई 75,000 कोरियन वोन ट्रफी रहेको छ।

मे १५ मा आयोजना हुन लागेको तेस्रो  बुद्व जयन्ती फुटसल टुरनमेन्ट कपको आयोजना स्थलको ठेगाना परिबर्तन भएको , जुन निम्नअनुसार रहेको छ।

 

Facebook Comments Box