एलपीजी ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा

आर्थिक समाचार

खाना पकाउने एलपीजी ग्यासमा सरकारलाई घाटा रकमको अन्तर बढ्दै गएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार अनुदानस्वरुप दिने रकमको घाटा चुलिँदै गएको हो ।

हाल एलपीजी ग्याँसको लागत मूल्य प्रतिसिलिन्डर २ हजार ६५० रुपैयाँ छ । जसको बिक्रीमूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ छ । निगमको पछिल्लो तथ्यांकअनुसार एलपीजी ग्याँसको बिक्रीमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा छ । जुन, सरकारले अनुदानकारूपमा घाटा व्यहोरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रभावस्वरुप खाना पकाउने एलपीजीको मूल्य समेत बढेको छ । रुस–युक्रेन युद्धका कारणले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ ।

Facebook Comments Box