ह्वासङ्ग नगरपालिकाबाट सजना याक्सो सम्मानित

कोरियाअपडेट समाचार

सन्तोष चौलागाई

सुवन, दक्षिण कोरिया 

ताप्लेजुङ जिल्ला हाङपाङ स्थायी ठेगाना भएर हाल दक्षिण कोरिया फेङ्ग्थेक अवस्थित मोटर पार्ट्स उत्पादन गर्ने कम्पनीमा कार्यतर सजना याक्सो (सुब्बा ) ह्वासङ्ग नगरपालिकाबाट सम्मानित भएकी छिन् ।

ह्वासङ्ग सि बिदेशी काल्याण केन्द्रमा नेपाली समुदायको प्रतिनिधि भएर सामाजिक कार्यमा सक्रिय सजना ह्वासङ्ग सी बिदेशी कल्याणकेन्द्रको मे 15 तारिक आइतबार नगरपालिकाको सभाहलमा १५ औं विस्व मानव दिवसको उपलक्ष्यमा आयोजित विशेष साँकृतिक समारोहमा ह्वासङ्ग नगरपालिकाको मेयरद्वार (ह्वासङ्ग सीजाङ्ग फ्योछाङ्ग साङ्ग ) प्रशम्सापत्र प्रदान गरि सम्मानित गरिएको छ।

बिगत ९ बर्ष यता दक्षिण कोरिया कार्यरत सजना सामाजिक कार्यमा सक्रिय रहेर नेपाली समुदायमा चिर परिचित रहेकी छिन् । कम्पनीमा कार्यब्यस्तताको बावजुत पनि फुर्सदको समयलाई सदुपयोग गर्दै विभिन्न साँकृतिक र सामाजिक कार्यहरुमा सक्रियताका साथ महत्वपूर्ण भुमिका निर्बाह गर्दै आईरहेकी उनी कोरियामा लिम्बु समुदाय बाट E7 भिजा प्राप्त गर्ने पहिलो महिला समेत हुन्।

IMG_4918

Facebook Comments Box