ह्वासङ्ग नेपाली परिवार कोरियाको आयोजनामा जुन ५ तारिक पुल प्रतियोगिता हुने

कोरियाअपडेट समाचार

सन्तोष चौलागाई

सुवन, दक्षिण कोरिया 

नेपाली समुदायको बाक्लो उपस्थित रहेको ह्वासङ्ग सी मा सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय रहेको ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाले जुन ५ तारिक आइतबारको दिनमा फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा भब्यरुपमा पुल प्रतियोगिता गर्ने भएको छ ।

यस प्रतियोगितामा सहभागिता हुनको लागि दर्ता शुल्क ६० हजार वन तोकिएको छ । प्रथम पुरस्कारमा १० लाख वन नगद सहित मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय पुरस्कारमा ५ लाख वन नगद सहित मेडल र प्रमाणपत्र रहेको छ। त्यसै गरी उत्कृष्ट खेलाडीलाई १ लाख वन नगद पुरस्कार सहित प्रमाणपत्रको व्यबस्था गरिएको छ। सहभागी खेलाडीहरुलाई लालिगुराँस रेस्टुरेन्ट फारानको १ सेट खानाको कुपन निशुल्क उपलब्ध हुनेछ । खेल जुन ५ तारिक बिहान ९ बजे बाट सुरु हुनेछ ।

जुन 4 तारिक सम्ममा ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाका ब.उपाध्यक्ष गोबिन्द खनालको नाममा रहेको IBK Bank को खाता नं. 22132741802011 मा ६० हजार वन डिपोजिट गरि ह्वासङ्ग नेपाली परिवारका महासचिव मनोज गुरुङलाई 01062669104 नम्बरमा सम्पर्क गरी जानकारी गराएर प्रतियोगी सहभागिको नाम दर्ता गर्न सकिनेछ ।

उक्त पुल प्रतियोगिताको प्रायोजन लालीगुराँस रेस्टुरेन्ट फारान र एच डि मोबाइल थोङ्ग्देमुनले गर्ने भएको छ। यस प्रतियोगितामा उल्लासमय सहभागिता र उपस्थितको लागि ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाका अध्यक्ष कमान सिंह राईले कोरियामा रहनु भएका पुल खेल्नु हुने तथा पुल खेल मन पराउनुहुने सम्पूर्ण नेपाली समुदायमा आह्वान गर्नुभएको छ ।

Facebook Comments Box