बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

राजनीति समाचार

सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँले पाँच हजार ६९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गर्नुभयो । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित हुनुभएको छ । निर्वाचित साहले पाँच हजार १५४ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गर्नुभयो । बोदेबर्साइन नगरपालिकामा कूल २१ हजार २९१ मतगणना भएको थियो ।

Facebook Comments Box