जुन ४ र ५ मा गोरखा परिवार दक्षिण कोरियाको बनभोज हुने

कोरियाअपडेट समाचार

परि बुढाथोकी

सौल, दक्षिण कोरिया

 

गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा जुन ४ र ५ मा सांस्कृतिक कार्यक्रमसहितको बनभोज हुने भएको छ । प्रवासी भूमिमा एकता, हरेक सुख दुखमा साथ दिने हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले कोरियामा रहेका गोरखालीहरू बीच आपसी सामिप्यता प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

 

संस्थाका अध्यक्ष नवराज भट्टराईका अनुसार जुन ४ को दिउँसो १ बजेदेखि जुन ५ को मध्यान्न १२ बजेसम्म कार्यक्रम संचालन हुनेछ । नेपाली कला संस्कृतिलाई विश्वसामु परिचित गराउन पनि कोरियामा यस्तो कार्यक्रम गर्न लागिएको उनले बताए ।

 

बैदेशिक रोजगारीको क्रममा वा अन्य प्रयोजनले कोरिया आएका नेपालीहरुबीच सामिप्यता बढाउनुको साथै कोरियामा रहेका नेपालीको समस्याहरुको पहिचान गरी समाधानको पहलका लागि पनि यो कार्यक्रम एउटा माध्यम हुनसक्ने संस्थाका सचिव बुद्धिप्रसाद नेपालले बताए ।

 

Facebook Comments Box