जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मन्त्री कुँवर

वैदेशिक रोजगार समाचार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूले सधैँ श्रमिक, मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै उहाँले यो प्राविधिक सीप बोकेर सधैँ विद्युत्सँग लुकामारी गर्ने जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको हितार्थ लाग्ने बताउनुभयो ।

उनीहरूका मागलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिको प्रतिष्ठा समाजमा जुनरूपमा पुग्नुपर्ने हो सो नभएकाले समाजले सकारात्मक व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सङ्घले स्वदेश तथा विदेशमा काम गर्न जाने जनशक्ति सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ ।

Facebook Comments Box