रङ्गमञ्चमा रम्दै अबर्न घिमिरे

मनोरन्जन मुख्य समाचार समाचार साहित्य

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित पुरानो नाटक घरमा अर्नव अभिनित नाटकहरु मञ्चन भइरहकेका छन् । अहिले उनी ‘सिटामोल’ नामक नाटकको रियल्सनमा भइरहेको छ । निकट भविष्यमा नै यो नाटक थिएटरमा मञ्चन हुनेछ । बालकलारको भूमिकामा अर्नब घिमिरेले पनि आफ्नो भूमिका केही नाटकहरुमा निभाई रहेका छन् । १२ वर्षीय घिमिरे बुद्धनगर स्थित काब्या स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्र हुन् । सानैदेखि आमा चन्द्रकला बास्कोटाको प्रेरणाले नै उनी कला क्षेत्रमा आकर्षित भएका हुन् ।

विद्यार्थी जीवनमै नाटकका मञ्चहरुमा देखिंने उनको करिअर नेपाली कलाकारितामा विस्तरै अघि बढीरहेको छ । सानै उमेरमा मञ्चको कलाकारितामा निखारिंदै आएका घिमिरेले अन्य नाटक र केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । सात वर्षको कलिलै उमेरमा ‘श्रवणकुमार’ नामक नाटकमा अभिनय गरेर कलाकारिता शुरु गरेका थिए ।

श्रवणकुमार शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । त्यसपछि ‘खत’ र थारु भाषाको ‘कनन हरलता’ नामक नाटकमा पनि आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका छन् । तीन महिना जति नृत्य प्रशिक्षण समेत लिएका उनले हालै ‘आमा’ र ‘अलि कडा छ’ को म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । राम्रो अभिनय क्षमता देखाइरहेका अर्नब घिमिरे यतिबेला विशेषगरी मञ्चीय कलाकारितामा राम्रो सम्भावना भएका बाल कलाकारको रुपमा पहिचान बनाउँदै गएका छन् ।

 

Facebook Comments Box