२४ जुलाई सौल जाऔं, बृहत भेलामा सहभागी बनौं ।

प्रशासन वैदेशिक रोजगार समाचार

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको १२ जुन २०२२ मा भएको बैठकको विधान अधिवेशन सम्बन्धि निर्णय सार्वजनिक पश्चात् कार्य समिति बाहिर अधिकांश जनसम्पर्कका महाधिवेशन प्रतिनिधिहरु, छैटौं महाधिवेशनको तत्कालीन विधान संशोधन समिति लगायतबाट व्यापक विरोध आएपछि केन्द्रीय कार्यसमितिका आधा पदाधिकारी, केन्द्रीय सदस्य, बहुमत क्षेत्रीय सभापतिहरुले सबै पक्षलाई समट्दै छैटौं महाधिवेशनको विधान संशोधन समितिलाई विश्वासमा लिएर सबै अटाउने कांग्रेस बनाउन, विवादलाई साम्य पारी एकता कायम गरि विधान सम्बन्धि नयाँ मिति तय गरि अगाडि बढ्न कार्यसमिति बैठक र कार्य समितिको ग्रुप र व्यक्तिगत संवादका क्रममा सभापति लगायतका साथीहरुलाई सबै खाले समस्या सुल्झाएरमात्र अगाडि बढ्न ध्यानाकर्षणसहित आग्रह गरेतापनि विधान जस्तो संम्बेदनशिल कुरालाई एकलौटी, एकपक्षीय किसिमले १० जुलाईमा कथित विधान अधिवेशन पास भयो भन्ने समाचार बाहिर आयो। जबकी विधान संशोधन गर्न जनसम्पर्कको विधान २००६ संशोधन २०११,१३,१५ को धारा ४३ मा भएको व्यवस्था अनुसार दुईतिहाई बहुमत प्रतिनिधि चाहिन्छन । (तल फोटोमा विधान अध्ययन गर्न सकिनेछ ।) जबकी दुईतिहाई कसैसँग पुग्दैन।

आधा कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरु बाहिर हुंदा त्यो एकलौटी पास/ फेल हुने कुरा हुंदैन। नेतृत्वले सजिलै आफू खुशी सहमति बेगर हरेक संगठन,संस्थाको विधान वा देशको संविधान संशोधन गर्न सक्छन् भन्ने कुराले नै दुई तिहाई बहुमतको अभ्यास रहदै आएको छ। सहमतिका माध्यमबाट विधानको काम गरौं भन्ने आवाजलाई वेवास्ता गरेपछि कार्यसमितिको उप-सभापति, महामन्त्री, सहमहामन्त्रीद्वय पदाधिकारीहरु,विभिन्न विभागीय प्रमुखहरु, केन्द्रीय सदस्यहरु, बहुमत क्षेत्रीय कार्यसमिति सभापतिहरु लगायत पूर्व सभापतिहरु,पार्टी महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु सहित यही जुलाई २४ को भेलामा खुला बहस, छलफल, भावी रणनीति तय हुने कार्यक्रम रहेकाले नेपाली जनसम्पर्कका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पूर्व सभापति, सल्लाहकार, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु लगायत विभिन्न तह/ तप्कामा आसिन सम्पूर्ण लोकतन्त्रप्रेमी महानुभावहरुलाई सौलमा उपस्थित भएर समसामयिक विषयमा आफ्ना धारणा राख्न, सुन्न गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

पुनश्च: सामाजिक संजालमा आएका विभिन्न विषयमा आरोप्रत्यारोपमा उत्रिनुभन्दा आत्मानुशासनसहित सभ्य बहसमा सहभागी भई उठान भएका सबै विषयको यथार्थ कुरो थाहा पाउनुका साथै विविध विषय उपर घनिभूत छलफल, जवाफ भेटिने बहस गरिने व्यहोराका साथै तर्कका नाममा कुतर्क तल्लो स्तरमा आरोपप्रत्यारोप नगर्न सम्बन्धित सबै लोकतन्त्रप्रेमी महानुभावहरुमा अनुरोध छ।

Facebook Comments Box