जापान जाने कराते टोलीको बिदाइ

खेलकुद

पन्ध्रौँ विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । यही साउन १६ देखि २२ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जङ्गम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टोली प्रमुखमा नेपाल सोतोकान कराते सङ्घका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् । नेपाली टोली शनिबार जापान प्रस्थान गर्नेछन् ।

Facebook Comments Box