गायक लम्सालको शब्द संगीत र स्वरमा “भाच कम्मर भाच” तीज गीत बजारमा

मनोरन्जन समाचार

महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर लोक तथा दोहोरी गायक वसन्त लम्सालले तीज कोसेली “भाच कम्मर भाच” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लम्सालको संगीत र लय रहेको उक्त गीतलाई विश्वास नेपालले एजेन्ज गरेका छन्

मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् । गीतमा गायक वसन्त लम्साल, सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाको स्वर रहेको छ भने  सरोज पुर्जा  सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सो गीत अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यानल मार्फत बजारमा ल्याइएको छ ।

Facebook Comments Box