भाद्र ३ गते देखि देश विदेशमा ‘कृष्ण लिला’ एकै साथ प्रदर्शन हुँदै

मनोरन्जन

नेपाली कथानक चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गते देखि देश–विदेशमा एकै साथ प्रदर्शनमा आउने भएको छ । दिपक ओलीद्वारा निर्देशित चलचित्र कृष्ण लिलाको कार्यकारी निर्माता रत्न श्रेष्ठ, प्रस्तुतकर्ता रोहित कट्टेल, निर्माता रमेश तामाङ रहेका छन् । यस चलचित्रको मुख्य कलाकारमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, हिउवाला गौतम, नविन रेग्मी आदी रहेका छन् । यस चलचित्रको बालकलाकारमा आयुष गुरागाईले अभिनय गरेका छन् ।

‘कृष्ण लिला’मा अर्जुन पोखरेलले संगित दिएका छन् भने सुगम पोखरेल, अन्जु पन्त, रवि वड र सुनिता कार्कीले यस चलचित्रका गितमा स्वर दिएका छन् ।
आर–आर फिल्मको व्यानरमा बनेको यस चलचित्रलाई दर्शकले मनपराउने आफुले विश्वास लिएको कार्यकारी निर्माता रत्न श्रेष्ठ बताउँछन् ।

Facebook Comments Box