८ औँ बाग्लुङ कालिका कप २०२२ भलिबल प्रतियोगिता को उपाधि आयोजककै पोल्टामा

कोरियाअपडेट खेलकुद

बिक्रम बज्यू 

सुवन, दक्षिण कोरिया ।

बाग्लुङ समाज दक्षिण कोरिया द्वारा आयोजित ८ औँ बाग्लुङ कालिका कप २०२२ भलिबल प्रतियोगिता को उपाधि आयोजक ले आफ्नै पोल्टामा पारेको छ।

२२ टिमको सहभागिता रहेको प्रतियोगीतामा ग्रुप ए बाट ६ टिमलाई पाखा लगाउँदै थेसो परिवार निलो ‘बि’ सेमिफाइनल पुग्न सफल भयो भने, ग्रुप ए बाट नै ५ टिमहरुलाई पाखा लगाउँदै सिहुङ्सि आनसान सेमिफाइनल पुग्न सफल भयको थियो ।उता बलियो मानिएका ग्रुप ‘बि’ बाट भने ६ टिमलाई पाखा लगाउँदै मगर संग थेगु साखाले सेमिफाईनलको यात्रा तय गर्न सफल भयको थियो र आयोजक बाग्लुङ समाज भि.सि ले ५ टिमलाई पाखा लगाउँदै सेमिफाईनलको यात्रा तय गर्न सफल भयको थियो ।सेमिफाइनलमा थेसो परिवार निलो ‘बि’ र सिहुङ्सि आनसान भि सि र आयोजक बाग्लुङ समाज र मगर संग थेगु साखा बिच भिडान्त भएको थियो।

 

सेमिफाइनल खेलहरु एकदमै प्रतिस्पर्धात्मक र रोचक तरिकाले सम्पन्न भएको खेलमा थेसो परिवारले आन्सानलाई सोझो सेटमा हराएका थिए। भने उता आयोजक र मगर संघ थेगु साखाको गेमपनि अत्यन्तै प्रतिप्रधात्मक, एकदमै राम्रो र कुसल खेल प्रदशन गर्दा गर्दै पनि मगर संघ थेगु साखा आयोजकसंग सोझो सेटमा हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिन पुग्यो।

फाइनलमा थेसो परिवार निलो र आयोजक बाग्लुङ समाजको रोमाञ्चक खेलमा आयोजक बाग्लुङ समाजसंग सोझो सेटमा हार बेहोर्दै द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो भने आयोजक बाग्लुङ समाज यो जितसंगै यो सिजनमा भएका भलिबल टुर्नामेन्ट ५ वटा मध्ये ५ वटै प्रतियोगीतामा लगातार उपाधी जित्न सफल भएको छ ।

आयोजकले भनेबमोजिम सेमिफाइनल बाट बाहिरिने २ टिम मगर संघ थेगु साखा र आन्सान भलिबल क्लब ले सान्त्वना पुरुस्कार स्वरुप ४ लाख कोरियन वन मेडल र प्रमाणपत्र (२ टिमले नै ) पाए भने उपबिजेता थेसो परिवारले द्वितीय पुरुस्कार १२ लाख वन कप मेडल र प्रमाणपत्र र आयोजक बाग्लुङ समाजले प्रथम पुरस्कार १८ लाख वन कप मेडल र प्रमाणपत्र आफ्नै पोल्टामा पारेका छन्। त्यसै गरी प्रतियोगीता भरि उत्कृष्ट खेल प्रदर्शन गरी बेष्ट प्लेयर को उपाधि चुम्न सफल बाग्लुङ समाजका टिम क्याप्टेन झपेन्द्र के सि ले १ लाख कोरियन वन कप मेडल र प्रमाणपत्र हासिल गरेका छन् ।

अन्य विधाहरुमा क्रमशः वेष्ट ब्लकरको उपाधि मगर संघ थेगु साखाका खेलाडी सुर्य जंग क्षेत्रि , वेष्ट सर्भर बाग्लुङ समाजका खेलाडी मनोज थापा, वेष्ट लिब्रो बाग्लुङ समाजकै खेलाडी प्रकाश मल्ल वेष्ट सेटर थेसो परिवारका खेलाडी दिनेश क्षेत्रि र वेष्ट स्पाइकर थेसो परिवार कै खेलाडी सुमित नेपालिले ५०-५० हज़ार कोरियन वन मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन।

प्रतियोगीता बाग्लुङ समाजका अध्यक्ष बिदुर शर्मा को सभापतित्व, प्रमुख अतिथि एन आर एन ए अध्यक्ष दिपक पुन,विशिष्ट अतिथि विपिन गुरुङ र अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै दर्शक हरुको पनि उत्साहजनक उपस्थितिमा खेल भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो ।

कामदार दैनिक मार्फत बाग्लुङ समाजका बरिष्ठ उपाध्यक्ष भुमिराज भुषाल ले खेलभरि नै रेफ्रि को भुमिका निर्वाह गरेर सहयोग गर्नुहुने प्रतियोगीतामा सफल वनाउन आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धेरै धेरै धन्यवाद दिएका छन ।

उक्त कार्यक्रमको संयोजन तथा सन्चालन सक्रिय सामाजिक अभियान्ता सचिव राजु नेपाली र बाग्लुङ समाज अन्तर्राष्ट्रिय सचिव प्रेम सागर पौडेल ले गरेका थिए।

Facebook Comments Box