आगामी निर्वाचनमा हाम्रो उद्देश्य मिल्ने अन्य दलसँग तालमेल हुनसक्छ

अन्तर्वार्ता-विचार

समृद्धि राणा
केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
केही दिन अघि निर्वाचन आयोगले निर्वाचनको घोषणा ग¥यो, यसलाई राप्रपाले कसरी लिएको छ ?
यो प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई राप्रपाले सकारात्मक रुपमा लिएका छौं । हामीले गत चैत्र देखि नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी गर्दै आएका छौं । तत्कालै हाम्रो देशभर संगठन बलियो नभएको कारणले हाम्रो मुल उद्देश्य सदस्यता बढाउने हो । सदस्यता बढ्दा मात्र चुनाव जितिन्छ । हाम्रा अग्रज नेताहरु पशुपती समशेर राणा र डा. प्रकाश चन्द्र लोहनीहरुले विगतमा राम्रोसँग मार्ग दर्शन दिइरहनु भएको थियो । उहाँहरुले अहिले पनि निरन्तर रुपमा मार्ग निर्देशन दिइरहनु भएको छ । हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उहाँहरुले साथ र सहयोग दिइरहनु भएको छ । यति बेला अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्व सफल रुपमा अघि बढिरहेको छ । मलाई लाग्छ यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका राप्रपाको राम्रो स्थिति रहने छ । अहिले राप्रपामा जुन किसिमको लहर छ त्यो अध्यक्ष राजेन्द्र लिङदेन सहितका युवाहरुको देन हो भन्ने मलाई लाग्छ ।
स्थानीय निर्वाचन सम्पन्न भएपछि राप्रपामा प्रदेश गर्नेको जुन लहर छ, यसले गर्दा राप्रपाका तमाम नेता कार्यकर्ता उत्साहित छन् ।
राप्रपाले निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
पहिला हाम्रो संगठन केही कमजोर थियो । पहिला हामी देशव्यापी रुपमा संगठन विस्तार गर्दैछौं । राजेन्द्र लिङ्देनको मार्गनिर्देशनमा हामीले यतिबेला हाम्रा सम्पूर्ण भातृ संगठनहरु परिचालन गरिरहेका छौं । जस्तो काँग्रेसको नेविसंघ, तरुण दल, एमालेको अनेरास्ववियू, युथ फोर्स युवक संगठन भने जस्तै राप्रपाका राप्रविस, महिला संगठनलगायतका संगठन राप्रपालाई जिताउन परिचालित छन् । म राप्रपाको बौद्धिक संगठनको कोषाध्यक्ष पनि छु । पार्टीलाई बलियो पार्न यो संगठनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छौं । म राप्रपाको बौद्धिक संगठनको यो बौद्धिक संगठन नेपालको अर्थतन्त्र शैक्षिक मूल्यांकन रोजगारीको सुनिश्चितता कायम गर्न बनाइएको संगठन हो । यस माथि पनि म एक शिक्षिकाको नाताले विद्यार्थीहरुलाई सही मार्ग दर्शन देखाउन सक्रिय छु । त्यसै गरी म आवद्ध अन्य संघ संगठनमा पनि त्यतिकै मेहनतका साथ समय दिने गरेको छु ।
राप्रपाले आगामी निर्वाचनमा अरु कुनै दलसँग चुनावी तालमेल गर्छ ?
यसै मेसोमा भन्नु पर्दा हामीले कुनै पनि दलसँग तालमेल गर्ने सोचमा छैनौ, तर भविष्यमा हाम्रो उद्देश्यसँग मिल्ने गरी कुनैदलले प्रस्ताव राख्छन् भने त्यो प्रस्तावलाई हामीले निहालेर स्वीकार्ने छौं ।

राप्रपाले एमालेसँग मिल्ने कुरा आइरहेका छन् नि ?
त्यसो त राप्रपाको मुल माग भनेको भ्रष्टाचार निवारण गर्नु हो, यो उद्देश्यलाई अघि बढाएर उहाँहरु (एमालेहरु) आउनु हुन्छ भने हामी सकारात्मक रुपमा स्वीकार्ने छौं ।
राप्रपाले प्रदेश सभा र प्रतिनिधि सभामा कस्ता उम्मेदवार उठाउँदै छ ?
राप्रपाले जनप्रिय, आफ्नो क्षेत्रमा भिजेको, पार्टीको नीति सिद्धान्तप्रति प्रतिवद्ध रहेकालाई राप्रपाले उम्मेदवार उठाउँदैछ । अग्रज नेता सहित युवा नेताहरुलाई पनि उम्मेदवार बनाउने हाम्रो उद्देश्य छ ।
तपाई पनि यस पटकको चुनावमा उठ्ने होइन ?
यसै मेसोमा भन्नु पर्दा मैले यस पटकको निर्वाचनमा आफु नउठे पनि पार्टीले उठाएका उम्मेदवारलाई साथ र सहयोग दिने निर्णय गरेको छु । यहि निर्वाचनमा पनि पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक र मतदाताको माग भयो भने यस पटक पनि चुनाव उठ्न तयारै छु ।
यस पटकको निर्वाचनमा राप्रपाको अवस्था कस्तो रहला, कति सिट आउला ?
त्यसो त राप्रपाको पक्षमा जन अभिमत बढ्दै गएको छ । आज देशव्यापी रुपमा भइरहेका भ्रष्टाचार, कुनीति देखेर जनता राप्रपाप्रति आव्रmसित छन् । एक पैसा घुस खानु आमाको रगत खानु हो भनेर हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नु भएको छ । के अन्य दलका नेताले यस्तो भन्न सक्छन् ? त्यसमाथि हाम्रो पार्टी संवैधानिक राजतन्त्र र हिन्दु राज्यको मुल एजेण्डा बोकेको पार्टी हो । यो एजेण्डामा सहमत हुनेले हाम्रो पार्टीलाई जिताउँदै हुनुहुन्छ । त्यसैले राप्रपाले यस पटक बलियो परिस्थिति कायम गर्ने छ भन्ने मेरो पूर्ण विश्वास छ ।

यस पटकको निर्वाचनमा राजेन्द्र लिङ्देनको नेतृत्व सफल होला ?
अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रा अग्रज नेतादेखि युवासम्म सबैलाई समेटेर एकिकृत ढंगले परिचालन गर्नु भएको छ । यति मात्र होइन उहाँको नेतृत्व उत्साहजनक र प्रेरणादायक भएकै कारण हामी जस्ता कयौन युवा यो राप्रपामा पूर्ण रुपमा संलग्न छौं । त्यसैले उहाँको नेतृत्व यस पालीको चुनावमा अत्यन्त प्रभावकार होला भन्ने विश्वास लिएको छु ।
आगामी निर्वाचनमा राप्रपाले के के मुल एजेण्डा अघि सार्छ ?
हाम्रो मुल एजेण्डा भनेकै जातीय, साम्प्रादायिक नभई देशलाई समृद्ध बनाउने हो । यस्तै राप्रपाले भ्रष्टाचार निवारण गर्न राप्रपाले जरुरी थानेको छ । नेतृत्वको डर नमान्नेहरुले व्यापक रुपमा भ्रष्टाचार गरिरहेका छन्, फैलाइरहेका छन् । त्यसैले भ्रष्टाचार रोक्न राज्यका हरेक निकायमा राप्रपाको नेतृत्व आवश्यक छ । हाम्रो अर्काे एजेण्डा संवैधानिक राजतन्त्र र हिन्दु राज्य हो, यहि एजेण्डालाई जनतामाझ राख्दै छौं । हिन्दुहरु सदाचारी हुन्छन्, भ्रष्टाचार गर्दैनन् । आपसमा मेलमिलाप गर्छन् । हाम्रो संस्कार, संस्कृति पनि हिन्दु धर्ममै आधारित छ । त्यसैले राप्रपाले हिन्दु धर्मको माग गर्नु अत्यन्त स्वभाविक छ । २०६२÷६३ पछि राजतन्त्र हटाइए पछि जनताले दुःख पाइरहेका छन् । हामीले अभिभावकको रुपमा रहने गरी संवैधानिक राजतन्त्र खोजेका हौं ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
नेपाली जनताले जति सक्दो चाडो राप्रपाको सरकार खोजिरहेका छन् । मेरै कुरा गर्ने हो भने एउटा पासपोर्ट लिन ३ दिन धाइरहनु प¥यो । सायद मैले घुस दिएको भए, त्यो काम आधा घण्टामा हुन्थ्यो होला । यो स्थितिमा रहेको देश कहिले उघो लाग्ला ? कहिलेसम्म हामी चुप लागेर बस्ने ? निर्मला हत्या काण्ड भएको वर्षाै विन्दा पनि अपराधीहरु खुलेयाम हिडिरहेको सुन्नमा आएको छ, यस्तै वालुवाटार काण्ड सर्वाेच्च अदालतसम्म पुग्दा पनि प्रधानन्यायाधिसले सामसुम गरि दिनु भयो । मिटर व्याजीले जनता धुरु धुरु रोइरहदा पनि यसमा सरकारको ध्यान गएको देखिदैन । आजका देशका होनाहार युवा दुई छाक टार्न देश–विदेश भौतारिरहेका छन् । अब पनि हामी एकतावद्ध भएर मैदानमा नउत्रे जनताले गाँस, बास, कपास र न्याय कहिले पाउने ? त्यसैले म समस्त देशवासीलाई आग्रह गर्छ कि राप्रपामा प्रवेश गरी मसँग हाम्रो देशको लागि लडाइको मैदानमा आउनुस् ।

Facebook Comments Box