‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभएको छ । शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा आज आयोजित कार्यक्रममा उहाँले कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको बताउनुभयो । उहाँले सुकुम्वासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको र यो समस्या समाधानका लागि आफूले निर्वाचित भए लगत्तै सम्बन्धित निकाय झकझकाउने काम गरेको छु भन्नुभयो ।

विगतमा क्षेत्र नं.२ बाट निर्वाचित जनप्रतिनिधिले अव्यवस्थित र सुकुम्सवासी समस्या समाधान गर्नतर्फ खासै ध्यान नदिएको उहाँको आरोप थियो । “पाँच वर्षभित्र यस क्षेत्रको अव्यवस्थित र सुकुम्वासी समस्या समाधान गरेरै छाड्नेछु”, उहाँले भन्नभुयो । कार्यक्रममा क्षेत्रीय सभापति चुडामणि खनाल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, क्षेत्रीय सचिव सन्तोष घिमिरे, महिला सङ्घका उपसभापति चन्द्रकला भट्टराई र वडा सभापति ईश्वर शर्मा लगायतले पार्टी प्रतिपक्षमा रहेर पनि जनताको काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Facebook Comments Box