श्रम मन्त्रालयले गर्‍यो वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरेकाहरुलाई सम्मान

कोरियाअपडेट प्रवास वैदेशिक रोजगार समाचार

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फकेर नेपालमा उद्यम व्यवसाय गरिरहेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा नगद सहिताट सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/०८० को लागि उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बाराका सरोज कोइराला सम्मानित भएका छन् । बारा निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइरालालाई १ लाख १५० हजार रुपैयाँ राशिसहित सम्मानित भएका हुन् ।

त्यस्तै सातै प्रदेशबाट १/१ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई जनही नगद ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । सातै प्रदेशबाट महेन्द्र बानिया, सुवर्ण पोखरेल, महेश ढकाल, निलराज फुयाँल, जितन्द्र बानिया, नवीन कुमार राई, मोहन कुमार कार्की र धनबहादुर धानुक रहेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार तथा सम्मानित गरिएको हो । मन्त्रालयले २०७४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उत्कृष्ट व्यवसायीहरुलाई पुरस्कृत सम्मान गरेका हुन् । सो कार्यक्रममा स्वागत मन्तव्य मन्त्रालयका सहसचिव राजिव पोखरेलले र कार्यक्रमको अध्यक्षता मन्त्रालयका सचिवले गरेका थिए । उक्त कार्यक्रम सम्मानित हुनेहरुले पनि आ–आफ्नो अनुभव सुनाएका थिए । सो कार्यक्रमको उद्घोषण उपसचिव कृष्णप्रसाद भुसालले गरेका थिए ।

 

Facebook Comments Box