‘खपाङगीको नेतृत्वमा कराते टोली दुवई प्रस्थान ‘

खेलकुद समाचार

मित्र राष्ट्र दुवईमा यही अप्रिल २८ देखि शुरु हुन गईरहेको बुदोकान कप-२०२४ अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ शुक्रवार प्रस्थान गरेको छ ।उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तराष्टिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नेछ भने टिम म्यानेजरमा पुष्पराज गिरी ले भुमिका निर्वाह गर्नेछ ।
उक्त प्रतियोगितामा सिनियर तर्फको -६० किलो तौल समुहमा बुद्धीमान माझी ले प्रतिस्पर्धा गर्नेछ भने चिल्ड्रेन पुरुष तर्फको ११-१२ बर्षको ईभेन्टसमा -३५ किलोमा दिज्ञ शाह, १२-१३ बर्ष उमेर समुहमा कुशल खत्रीले प्रतिस्पर्धा गर्नेछ ।त्यसैगरि महिला तर्फ १२-१३ बर्ष समुहमा प्राश्ना ढकाल र क्याडेड तर्फ -५० किलो तौल समुहमा सोर्निमा सिंह ठकुरीले प्रतिस्पर्धा गर्नेछ । उक्त कराते टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका पदाधिकारी तथा सदस्य हरुले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । बिदाई कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले अन्तराष्ट्रिय भुमिमा सहभागी हुन जाँदा कुनैपनि टोली एउटा डोजोको मात्र नभई सिगो राष्ट्रको प्रतिनिधित्व गर्ने हुदा प्रतिस्पर्धी सामुन्ने निर्धक्क डटेर सामना गरि राष्ट्रका निम्ति पदक ल्याउन उर्जावान हौसला सहित शुभकामना व्यक्त गर्नुभयो । स्मरण रहोस यस अघि बिभिन्न समयमा नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो नक्सालका खेलाडीहरुले मित्र राष्ट्रहरु भारत,श्रीलंका,बंगलादेश,जापान लगायतका देशहरुमा प्रतिस्पर्धा गरि राष्ट्रलाई पदक दिलाई नेपालको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउदै आएको छ ।
भने,प्रत्येक वर्ष अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गरि हजारौ खेलाडीहरुका निम्ति राम्रो प्लेटफर्म तयार गर्दै राज्यका निम्ति खेलकुदको माध्यमवाट निरन्तर योगदान दिदै आईरहेको छ । कराते टोली आउदो मंगलवार स्वदेश फर्कने छ ।

Facebook Comments Box