वनमा डढेलो लगाउनेलाई कडाकार्वाही गर्ने कानुन आवश्य

आर्थिक साहित्य

गण्डकी, १५ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताउनुभएको हो ।

‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ”, उहाँले भन्नुभयो । त्यसैगरी उहाँले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो आँैल्याउनुभयो । उहाँले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पार्नुभएको थियो ।

Facebook Comments Box