कांग्रेसलाई कमजोर बनाउने क्रियाकलापमा कोही नलागौँः प्रवक्ता डा महत

मुख्य समाचार राजनीति

त्रिशूली (नुवाकोट), १५ वैशाखः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गुटउपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै डा महतले विगतमा यस्तै क्रियाकलपा नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राख्नुभयो ।
उहाँले कांग्रेस सरकारमा रहँदा गरेका राम्रा कामबारे प्रचारप्रसार गर्नुसमेत अपिल गर्नुभयो । “नागरिकको राजनीतिक तथा सामाजिक स्वतन्त्रता, शासकीय व्यवस्था र शान्ति स्थापनामा कांग्रेसले पु¥याएको योगदानबाट नै देश विकास र समृद्धितर्फ अगाडि बढेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लैले ५० प्रतिशत मत ल्याउने गरी पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो ।

पार्टी कमजोर भएकै कारण गत आमनिर्वाचनमा गठबन्धन गर्न बाध्य बनाएकाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषय आम नेता कार्यकर्ताको भूमिकामा भरपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments Box