मिस्टर वागमती बडिविल्डङ्ग फागुनमा”

खेलकुद

आगामी फागुनको दोश्रो साता सिन्धुपाल्चोकको मेलम्ची वजार-११ मा मिस्टर वागमती वडिविल्डिङ्ग प्रतियोगिता हुने भएको छ ।वागमती प्रदेश स्तरिय हुने उक्त प्रतियोगिताको ओभरअल विजेता प्रथम हुनेले नगद रु ५० हजार,दोश्रोले २५ हजार र तेश्रोले १५ हजार सहित पदक,प्रमाणपत्र,ट्रफी हात पार्नेछन । त्यसैगरि वेष्ट पोजरले ट्रफी सहित नगद रु ५ हजार प्राप्त गर्नेछ । पुरुषको ५५-६०,६०-७० र ७० किलो भन्दा माथि तीनवटा ईभेन्टसका लागि प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक तथा पुर्व धर्मश्री स्वर्ण पदक विजेता अनिल श्रेष्ठले जानकारी गराए ।एक दिन हुने उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुले प्रति व्यक्ती ५ सय रुपैया शुल्क वुझाउनु पर्नेछ भने,सहभागी सम्पुर्ण खेलाडी तथा अफिशियलहरुलाई खाना तथा वासको ब्यवस्थापन गरिएको आयोजक कमिटिका संयोजक श्रेष्ठले वताए । फागुन १० मा हुने उक्त प्रतियोगिताको स्थानिय नेता,प्रमुखले उदघाटन गर्नेछ भने नेपाली कथानक चलचित्रका चर्चित द्धन्द निर्देशक राजेन्द्र खडगी, विभिन्न खेलकुद वरिष्ठ व्यक्तीत्वहरु लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति रहनेछ