छोरी, एक कल्पित सपना(कबिता)

Kamdar Dainik (News From World)

-कमलेश घरडी

 

द्रुतमार्ग, तिब्र गति वाइपरले
छिल्ल्याइरहेको पानीको फोहोरामा
तिम्रो अमुर्त चित्रण छल्किरहेको बेला
सिट पछाडि लखतरान पल्टिरहेको
तिम्रो मामुलाई ढाडस दिदै
अतिरञ्जित दिवाष्वप्नामा गहकिएको म
भब्य बिल्डीङको इमर्जेन्सी वार्ड अगाडि सिटमा,
थकित तर कल्पित अनुहार टल्काइरहेको म सोच्छु

 

 

तिम्रो मामुको मनपर्ने उपनाम तिम्रो राखिदिउ अनि,
तिम्रो मामुलाई मनपर्ने शब्दले मात्रै तिम्लाई बोलाउ
तिम्रो अधरको चुम्बनले थकान मेटाउ,
तिम्रा सपनाले मेरा सपना लमतन्न तेर्साएर ढाकिदिउ

 

 

सङ्घर्षमय बाल्यकालका अब्यक्त स्मृति,
क्यान्सर जस्तो रोग र
दुनियाँसङ्ग दोमुखे भएर जिइरहेको
सबैकुरा तिमिमा समाहित गरु

 

 

शेयर बजारको जुवा खेल्न बन्द गरिदिउ,
प्रत्येक दिन खाना जस्तै खाइरहेका
औषधिका पाकेट मिल्काइदिउ,
निन्द्रा लाग्ने औषधि भन्दा निन्द्रा नलाग्ने औषधि खाउ
२४सै घण्टा तिमिसङ्गै भुलिरहु

 

 

नानू,
तिमिले पिज्जा नि खान मन नगरेको बेला,
बच्चाबेला मैले राम्ररी नपाको
मकैको रोटीको कथा भनु,
स्कुल जान मर्सिडिजमा बस्न
आनाकानी गरेको बेला,
चप्पलमा ४ घण्टा ओहोरदोहोर गरेको ब्यथा भनु

 

 

चिनले लागू गर्न नसकेको
‘वन चाइल्ड सिस्टम’ म लागू गरु,
घर, समय, शिक्षा इत्यादी
तिम्रो मन अर्पित सम्माहित गरु,
दाइजोको बिरोधि म,
मेरो सबै चल अचल सम्पत्ति
र समय तिम्रै नाममा नामसारी गरु

 

 

नानू,
केही कुरा कल्पनामै ठिक र सिमित हुन्छन् ,
यहि कल्पनाको तिमी एक पात्र हौ,
न अब यो पूरा हुन्छ
न मानसपटलबाट निस्तेज हुन्छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *