तमु धि थेगु द्वारा आयोजित प्रथम तमु धि फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न

कोरियाअपडेट खेलकुद

सन्तोष खड्का

सौल, दक्षिण कोरिया

तमु धि थेगु शाखाद्वारा आयोजित प्रथम तमु धि फुटसल प्रतियोगिता 2022 गत मे 1 मा थेगु शहरको ख्याङ्सान स्थित देफ्यङ्दोङ खेलमैदानमा भब्यताका साथ सम्पन्न भएको छ।

 

40 टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा मोक्पो FC RED प्रथम हुँदै नगद 25 लाख वोन,ट्रफि,मेडल ,प्रमाणपत्र दोस्रो हुनेसुवन NFC B ले नगद 15 लाख वोन, ट्रफि,मेडल ,प्रमाणपत्र प्राप्त गरेको ।पोल A बाट मोक्पो ले सेमिफाइनलमा हिमालयन FC मुगुक लाई पोल B बाट सुवन ले सेमिफाइनलमा ग्रीन नेपाल FC लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

 

प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा  निर्धारित समय 1-1 गोलको बराबरी पछि  थपिएको 10 मिनेटमा पनि थप,निर्णायक गोल हुननसक्दा फाइनल खेलको नतिजा टाइ ब्रेकरमा भएको थियो।जसमा मोक्पोले 3-2 ले बाजि मार्दै उपाधी रक्षा गरेको थीयो ।प्रतियोगितामा मोक्पोका अबिनाश कार्कीले 13 गोल गर्दै सर्बाधिक गोलकर्ताको पुरस्कार जित्न सफल रहे ।त्यस्तै मोक्पोका नै पललामा उत्कृष्ट गोलरक्षक चुनिए भने सुवन FC का बिजयजङ कार्की सर्बोत्कृस्ट खेलाडी घोषित भए। बिधागत पुरस्कार जित्नेखेलाडीहरुले जनही 50 हजार वोन,ट्रफि प्रमाणपत्र प्राप्त गरेका थिए।उक्त तमु धि फुटसल प्रतियोगिता भब्यरुपमा  खेल प्रेमीदर्शकहरुको सहभागिता रहेको थियो।

कार्यक्रम सम्पन्न गर्न विभिन्न समितिमा रहि अहोरात्र खटेर आफ्नो जिम्मेवारी पुरा गर्नु हुने सम्पुर्णलाई आयोजक तमु धि थेगुशाखाले धन्यवाद  ज्ञापन गरेको छ।

Facebook Comments Box