मतदाताले अब राप्रपालाई हेर्छाै भनिरहेका छन्, कुमार घिमिरे

अन्तर्वार्ता-विचार

मेयर पदको राप्रपा उम्मेदवार
गोकर्णेश्वर नगरपालिका
तपाई राप्रपाका तर्फबाट काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नु भएको छ । यहाँको स्थिति कस्तो छ ?
यहाँको स्थिति हेर्दा हामी बलियो छौं । जनताले हामीलाई निहालिरहेका छन् । काँग्रेस–कम्यूनिष्टले कुनै राम्रो काम गरेनन्, अब राप्रपालाई हेर्छाैं भनेर जनताले भनिरहेका छन् । गत मंसिरमा भएको महाधिवेशनबाट उदाएको तारा राजेन्द्र लिङ्देनले देशव्यापी रुपमा व्यक्त गरिरहनु भएको विचार हाम्रो लागि मार्ग दिर्नेशन बनिरहेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गर्न अध्यक्ष लिङ्देनले व्यक्त गर्नु भएको अठोट उहाँको मात्र होइन हाम्रो लागि पनि सफलताको कडी बनिरहेको छ । केही दिन अगाडी अध्यक्ष लिङ्देनले काठमाण्डौं उपत्यकाका राप्रपाका मेयर र उपमेयर पदका उम्मेदवारलाई शुभकामना दिन बोलाउनु भएको थियो । उहाँको निर्देशन र मार्गनिर्देशनले हामी हर्षित र उत्साहित भएका छौ । अध्यक्ष लिङ्देनले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु हो भन्नुभएको छ । के अन्य पार्टीका नेताहरुले यस्तो भन्न सक्छन् । गोकर्णेश्वर नगरपालिकामा हामी जनताको घर दैलोमा पुग्दा हामीलाई तपाईहरु मत माग्न नआए पनि हामी हलोमै मत दिन्छौं भनेर भनिरहनु भएको छ । त्यसैले यहाँ हाम्रो स्थिति राम्रो छ । हामी जित्नमा विश्वस्त छौं ।

तपाई यहाँ जित्ने प्रमुख आधार बताइ दिनुस् न ?

मैले जित्ने प्रमुख आधार भनेकै राप्रपाका इमान्दार कार्यकर्ता, स्वतन्त्र मतदाता हुन् । अन्य पार्टीमा लागेकाले पनि यस पटक मलाई मत दिँदै हुनुहुन्छ । म यस नगरपालिकामा मेयरको उम्मेदवार मात्र होइन २८ वर्ष देखि यो नगरका जनताको सेवा गर्दै आइरहेको छु । त्यसैले यो नगरमा राप्रपाको स्थिति राम्रो छ । सबैले यो नगरमा राप्रपा जित्दै छ भनेर भनिरहनु भएको छ, यो सत्य हो ।

राप्रपाले केही ठाउँमा अन्य दलसँग पनि तालमेल गरिरहेको देखिन्छ, यहाँ राप्रपाले अन्य दलसँग तालमेल गरेको छ ?

हाम्रो यस नगरपालिकामा कुनै पार्टीसँग चुनावी तालमेल छैन । हामी जनता र मतदाता सँग मात्र तालमेल गर्छाैं ।

राप्रपाको मुख्य एजेण्डा राजतन्त्र र हिन्दु राज्य हो, अब तपाईलाई राजतन्त्रवादी र हिन्दुवादीले मत देलान नि ?

यो राप्रपाको मात्र एजेण्डा होइन, यो एजेण्डा सम्पूर्ण गोकर्णेश्वर नगरपालिकाको बासिन्दाको पनि हो । यहि एजेण्डाले हामी सफल हुन्छौं । सम्पूर्ण ऊकार परिवारले मलाई मतदान गर्नेमा म विश्वस्त छु ।

यस नगरपालिकामा तपाई विजयी भएपछि नगरवासीको सेवामा के के गर्नु हुन्छ ?
नगरपालिकामा सुदृढ प्रशासन स्थापित गर्ने छु, राजनैतिक, नीतिगत, कार्यगत सम्पूर्ण प्रकारका भ्रष्टाचारहरु निर्मुल पार्ने छु, सम्पूर्ण करमा ५० प्रतिशत छुट दिने छु, स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय पर्यटनको लागि अहोरात्र खटिने छु । मेरो तलब सेवा सुविधा सम्पूर्ण जनसेवामा लगाउने छु । सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गर्ने छु ।

राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी प्रवेशको लहर छ, यस नगरपालिकामा कस्तो छ ?
यस नगरपालिकाको वडा नं. १ देखि ९ सम्म र काठमाण्डौं क्षेत्र नं. ३ को सम्पर्क कार्यालय समेत नरहेको अवस्थामा राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि राप्रपाका सम्पूर्ण इकाईको कार्यालय र सम्पर्क कार्यालयहरु समेत बनेको होइन, नवप्रवेशीले खचाखच भरिएको छ । राप्रपामा दिनदिनै पार्टी प्रवेश भइरहेको छ । २०७४ को स्थानीय निर्वाचनमा राम्रो पार्टीको उम्मेदवार दिने व्यक्ति समेत हातले गन्थे थिए, तर आज आएर पार्टीको बुथ कमिटी, टोल कमिटी, इकाई कमिटी पूर्ण भएर प्रतिस्पर्धामा समेत उत्रने मात्र होइन, जित्नेसम्मको स्थितिमा हामी आइपुगेका छौं । केही दिन अघि काठमाण्डौंको वृहद आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घोष गरेपछि पार्टी प्रवेशमा भ्याइनभ्याई छ । बाटो बाटोमा टिका लगाएर पार्टी प्रवेश गरिरहनु भएको छ ।

काठमाण्डौंको मुल समस्या फोहोर मैला र खानेपानी हो, यो समस्या कसरी समाधान गर्नु हुन्छ ?
नजाने फोहोर जाने मोहोर हो, प्रत्येक वडामा उत्सर्जन भएको फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिनेबाट मल र नकुहिनेबाट पुनर प्रयोग सामाग्री बनाई मोहोर कमाउने कामलाई प्राथमिकता दिइने छु । फोहोर व्यवस्थापनमा वडा वडालाई समेत जिम्मेवारी दिने छु । जसले गर्दा रोजगारी तथा आम्दानी दुवै बढ्छ । राप्रपाले यस नगरपालिकालाई सफा हराभरा पार्न पनि सम्पूर्ण प्रयास गर्नेछु । यस्तै खानेपानीको धारा सबै जनताको घरदैलोमा पु¥याउने छु । फोहोरमैला र खानेपानी हाम्रो प्रथामिकतामा रहने छ ।

अन्तमा यस नगरपालिकामा तपाईलाई जिताउन नगरवासीलार्ई सन्ेश दिनुस् न ?
विगत २८ वर्षदेखि यहाँका स्थानीय जनताले भोगिरहनु परेको समस्या समाधानका लागि प्रयास गरिरहेको छु । त्यसैले अहिले यस नगरपालिकाका जनताले भोग्नु परिरहेको समस्या समाधान गर्न मलाई नै विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । यस गोकर्णेश्वर नगरपालिकालाई पनि सर्वधर्म सापेक्ष बनाउन मेरो जितले सहयोग पु¥याउने छ भन्ने मलाई लाग्छ, त्यस्तै राप्रपाका इमान्दार कार्यकर्ता, स्वतन्त्र मतदातासहित अन्य पार्टीमा लागेकाले पनि मलाई मतदान गरी विजयी गराउनु हुन सविनय अनुरोध गर्दछु ।

 

Facebook Comments Box