स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले जून १९ तारिकमा भलिबल प्रतियोगिता गर्ने

कोरियाअपडेट खेलकुद समाचार

सन्तेाष खड्का

सौल, दक्षिण कोरिया

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले आउँदो जून १९ तारिककमा थेगुमा  दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “स्वस्थ जीवनको लागी खेल” भन्ने नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहरको कुजी खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मित्र मगरले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्राप्त गर्नेछन् भने एक उत्कृष्ट खेलाडीले नगद आकर्षक ट्रफी सहित एक लाख कोरियन वोन प्राप्त गर्नेछन् । खेलाडी टीम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको संस्थाका खेल संयोजक डिलेन्द्र मगरले जानकारी दिए । स्याङ्जा परिवार थेगु शाखाले कोरियामा रहेका विभिन्न संघसंस्थाहरु सँग समन्वय र सहकार्य गर्दै संस्थाले थेगुमा सेल्टर पनि सञ्चालन गर्दै आईरहेको संस्थाका सचिव अमृत अधिकारीले प्रष्ट पारे ।

विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको र पछिल्लो अवस्थामा वातावरण सहज भएकोले यो सिजनकै पहिलो यस भलिबल प्रतियोगिता अझ उत्साहजनक हुने विश्वास गरिएको छ । स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाद्धारा आयोजित दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको लागी आयोजकले अनुरोध समेत गरेको छ ।

Facebook Comments Box