‘भिआइपि फ्रेन्डशिप फुटबल म्याच’ को उपविजेता बन्यो एनआरएनए थाइल्याण्ड एफसी

खेलकुद समाचार

नेपाली-थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिर पातङ्ग फुकेटको बीसौंवार्षिक उत्सवको अवसरमा थाई नेपाली संघ फुकेट शाखाले गत आईतबार २४ तारिखका दिन ” भिआइपि फ्रेन्डशिप म्याच “फुटबल प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा सहभागिता जनाएको एनआरएनए थाईल्याण्ड टीम दोस्रो स्थान हासिल गर्यो भने पहिलो टीम पातोङ एफसीको वल्ड स्टार एफसीले उपाधि हात पारेको छ ।

उपाधी टिमले ट्रफीको साथै नगद पुरस्कार प्राप्त गरे त्यस्तै एनआरएनए थाईल्यान्ड एफसीले पनि नगद सहित ट्रफी हात पारे।

उपविजेता भएपश्चात एनआरएनए थाईल्याण्ड एफसीका क्याप्टेन दिनेश बुढाथोकी भन्छन् ” यदि हामीले पर्याप्तमात्रामा खेलाडीहरूको जीवनशैली र अनुशासन र प्रशिक्षण पाएको खण्डमा हामीले अर्को सिजनमा उपाधि जित्ने छौं”

प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो।

फुटबल प्रतियोगिताको उद्घाटन फुकेटका उप मेयरले गर्नु भएको थियो भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली संघका अध्यक्ष वात्सला राई थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की लगायत विशेष अतिथिहरूको उपस्थिति रहेको थियो।

एनआरएनए थाईल्याण्ड अध्यक्ष भविन्द्र बस्नेतको अनुशार मेरो खेलकुद संगको सम्बन्ध अत्यन्त निकट नाता रहेको र म पनि पहिला खेलाडी नै भएको हुनाले  हामीले हाम्रा आउने नयाँ पुस्ता लाई खेलकुदको माध्यमबाट नेपाल थाई सम्बन्ध विकासको पुल बन्ने विश्वास लिएका छन्। गैरआवासीय नेपाली संघ थाइल्याण्डले अबका दिनमा पनि सबै खेलमा भाग लिई उपाधी हासिल गर्ने उनको लक्ष्य छ। यसका लागि खेलाडी छनौट खेलाडीलाई आवश्यक पर्ने आधारभूत आवश्यकताको लागि एनआरएनए थाइल्यान्ड सदैव अग्रस्थानमा रहने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीले खेलको माध्यमद्वारा नेपाली – थाई समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन र थाईल्याण्डमा रहेका गैर आवसीय नेपालीबीच एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिएका छन्।

त्यस्तै थाई नेपाली संघका अध्यक्ष वत्सला राईले थाई नेपाल सम्बन्ध अझै प्रगाढ बनाउन यस्ता प्रतियोगिता सञ्चालन गरिरहनु पर्ने बताउनुभयो।

थाई नेपाली संघ फुकेट शाखाले प्रतियोगीतामा सहभागिता जनाएका सम्पूर्ण फूटबल क्लब र हौसला प्रदान गर्न आउनुभएका दर्शकहरुलाई हार्दिक आभार प्रकट गरेको छ।

Facebook Comments Box