बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारण सभा सम्पन्न

खेलकुद

रमेश सुनार
काठमाडौं । बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच संस्थापक अध्यक्ष बैकुण्ठ मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि भेट«ान्स अन्तर्राष्ट्रिय म्याराथुन धावक रामकृष्ण महर्जनको, विशेष अतिथि एथलेटिक्स परिवार नेपाल वरिष्ठ उपाध्यक्ष दिपक रन्जित लगायत ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसअनुसार बैकुण्ठ मानन्धर अध्यक्ष, राधा श्रेष्ठ उपाध्यक्ष, बुद्धवीर लामा महासचिव, बबिता मानन्धर कोषअध्यक्ष तथा सदस्यहरुमा पुस्पलाल श्रेष्ठ सदस्य, धर्म महर्जन, छिरिङ लामा, कपिल भट्ट, भिम बहादुर गुरुङ चयन भएका छन् । साधारण सभामा कोषध्यक्ष बबिना मानन्धरले वार्षिक कार्यक्रम एवं आयव्ययको विवारण सार्जजनिक गर्नुभयो । साधारण सभामा अध्यक्ष बैकुण्ठ मानन्धरले वार्षिक कार्यक्रमहरुको घोषणा गर्नुभएको थियो ।

Facebook Comments Box