नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते सम्पन्न,नेपाल टिम प्रथम, श्रीलंकाकी एच.एम.ईमासा हान्सी दिलसारा उत्कृष्ट खेलाडी घोषित

खेलकुद समाचार

नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार, शाखा डोजो नक्सालको २४ ओै वार्षिकोत्सव तथा गणतन्त्र दिवशको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता -२०२३ मे २७ देखि ३० तारिख सम्म सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री एवम डिग बहादुर लिम्वु ले एक बिशेष कार्यक्रमबिच ( २८ मे २०२३, जेठ १४ ) मा एक बिशेष समरोह बिच उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि लिम्वु ले संसारमा आफ्नो देशलाई निस्वार्थ रुपमा चिनाउने चिनाउन सक्ने बिशेष माध्यम भनेकै खेलकुद क्षेत्र रहेको बताउनुभयो ।

सम्वोधनकै क्रममा प्रमुख अतिथि लिम्वुले खेलकुद क्षेत्र स्वास्थ्य र राष्ट्रका दुबैका निम्ति अपरिहार्य भएका कारण प्रत्येक नागरिकले खेलकुद प्रति रुचि राखे राष्ट्र समृद्धी हुन समेत टेवा पुग्ने बताउनु भयो । कराते खेल बिगत देखि नै सफल र सक्षम भएको कारण दक्षिण एशियाली मुलुकको सम्वन्ध समेत प्रगाढ वनाउन अहम भुमिका निर्वाह गर्न समेत मद्धत पुग्ने बताउनुभयो । प्रतियोगितामा नेपाल सहित भारत,श्रीलंका,बंगलादेश र ईजरायलका खेलाडी,रेफ्री अफिशियल पदाधिकारी सहित करिव ३ हजार जना सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम,भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भयो । नेपालको लुम्विनी प्रदेश रुपन्देही कराते टिम ले उत्कृष्ट मार्चपास टिमको उपाधि जित्यो भने आयोजक नक्साल डोजोले बेस्ट फेयर प्ले टिम र बागमती प्रदेशका सानोगौचरण डोजोले उत्कृष्ट अनुशासित टिम ट्रफी हात पारे । पुरुष सिनियर तर्फ नेपालका सुजल भुजेल र महिलातर्फ श्रीलंकाकी एच.एम.ईमासा हान्सी दिलसारा उत्कृष्ट खेलाडी घोषित भए ।

उक्त प्रतियोगितामा खेलकुद क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने ब्यक्तीहरुलाई योगदानको कदर गर्दै र गत चैत्र ११ गते नेपाल कराते महासंघको निर्वनचनमा निर्वाचित हुने अध्यक्ष युवराज लामा,महासचिव दावा गुरुङग र उपाध्यक्षद्धय देव कुमार लामा र मजिन्द्र सिंहलाई विशिष्ट सम्मान पनि गरिएको थियो । त्यसैगरि सम्मानित हुनेमा नेपाल कराते महासंघका सदस्य तथा बरिष्ठ प्रशिक्षक राम सिंह ठकुरी, नेपाल कराते महासंघका सल्लाहकार एवम सोतोकान कराते संघ नेपालका प्रमुख प्रशिक्षक निवाश गोपाल बैध,नक्साल डोजोका संस्थापक सदस्य तथा प्रशिक्षक पुनम श्रेष्ठ खपाङ्गी,त्यसैगरी मित्रराष्ट्र श्रीलंकाको राजधानी कोलम्वोमा गत मार्च ३ देखि सन्चालन भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नक्साल डोजो सहभागी भई २ स्वर्ण र एक रजत पदक दिलाउन सफल खेलाडीहरु सोनम बलामी,बुद्धीमान माझी र ऐटन कुमार मल्ललाई सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

बिगत लामो समयदेखि खेलकुद क्षेत्र बिश्वमहामारी कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा सहभागी हुन नसकेका कारण बन्धकमा परेका खेलाडीको निराशालाई अन्त्य गर्न र क्षमता,दक्ष,कुशल र प्रतिभावान खेलाडी भएर पनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन नसकेका जेहेनदार खेलाडीहरु लगायत समग्र खेलाडीका निम्ति कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा नक्साल डोजोका अध्यक्ष अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताउनु भयो । जेठ १३ देखि संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडी तथा सम्मानित ब्यक्तीत्वहरुलाई समापन समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङग,नेपाल कराते महासंघक अध्यक्ष युवराज लामा,नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङग,आयोजक कमिटिका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी ,अन्तराष्ट्रिय पाहुनहरु लगायतले एक बिशेष समारोहबिच पुरस्कार बितरण गर्नुभयो ।

समापन समारोहलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि घिसिङगले नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालले २४ बर्षदेखि लगातार २४ वटा राष्ट्रय तथा अन्तराष्ट्रिय प्रतियोगिताको सफल आयोजना गरेकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो साथै राज्यले यस्तो प्रतियोगितालाई उचित सहयोग गर्ने समेत बताउनुभयो । विगत २४ वर्षदेखि नेपालको नं-१ मानिने कराते खेललाई बिकाश,बिस्तार र समृद्धी को बाटोमा संलग्न नक्साल डोजोले दैनिक सयौं खेलाडीहरुलाई प्रशिक्षण दिँदै दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै हजारौं खेलाडी उत्पादन गर्दै देशका लागि योगदान पुरयाइरहेको छ । उक्त प्रतियोगिता जेठ १३ -१६ अर्थात (मे २७ देखि ३० )सम्म राष्ट्रिय खेलकुद परिषद्को टीटी कभर्ड हल लैनचौरमा सञ्चालन भएको थियो ।

Facebook Comments Box