एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको उम्मेदारी

कोरियाअपडेट समाचार

कमला केसी /दक्षिण कोरिया

गैरआवासीय नेपाली संघ (एनआएनए) को आगामी निर्वाचनमा सचिब पदका लागि केपी सिटौला (कृष्णप्रसाद सिटौलाले) उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनआरएनए को यहि अक्टुवर १७ देखि २० गतेसम्म हुने ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनवाट नेतृत्वमा पुगि संस्थागत सुधारसँगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि आफुले सचिब पदमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । नेपालको झापा जिल्ला घर भई लामो समयदेखि कोरियालाई कर्मक्षेत्र बनाउनुभएका सिटौला सन १९९२ सालमा कोरिया प्रवेश गर्नु भएको हो ।सन् २००६ देखि एनआरएनए प्रवेश गर्नुभएका सिटौला एनआएनएको संस्थापक र थप अर्को कार्यकाल अध्यक्ष, एनआरएनए आईसीसी सदस्य, एनआरएन एनसिसी कोरियाको संरक्षक र नेपाल पर्यटन वोर्ड, मानार्थ पर्यटन दुतको रुपमा समेत सक्रिय हुनुुहुन्छ ।
सिटौलाले कोरियामा भाषा नजान्दा ६ बर्ष जेल परेकि चन्द्रा कुमारी गुरुङको कथा ब्यथा सबैको समक्ष प्रस्तुत गर्नुभएको थियो भने उहाँलाई कोरिया सरकारले पहिलो मानार्थ नेपाली नागरिको रुपमा सम्मान समेत गरेको थियो । रोजगारी सँगै सामाजिक क्षेत्रमा समेत सक्रिय सिटौला नेपालको पर्यटन दुत भएर काम गर्ने देखि एनसिसी अध्यक्ष हुँदा कोरियामा नेपाली बुद्व प्रतिमा स्थापनाको लागी समेत योगदान पुर्‍यानुभएको थियो । त्यस्तै कोरियामा हरेक जनवरी १ तारिकमा नेपाली पोशाक अनि ढाका टोपि लगाएर सिओल टावर घुम्ने अनि घुमाउने कार्यक्रमको विकास गर्ने काम समेत सिटौलाले शुरुवात गर्नुभएको हो ।

गुम्दै गरेको एनआरएनएको साखलाई जोगाउँदै गर्ब गर्न लायक प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मुल उद्धेश्यका साथ आफुले सचिब पदमा उम्मेदवारी दिन थालेको उहाँको भनाई छ । “नेपालीका लागि नेपाली“ भन्ने मुल नारा सहित एनआरएनएको दुई दशकको यात्रामा विश्वभरका ८७ देशमा नेपालीहरुको पहिचानका साथै कर्मभूमि र मातृभूमि विचका बहुआयामिक सेतुका रुपमा स्थापित हुँदै गईरहेको एनआरएनए बिगत चार बर्ष यता उदेश्य बिहिन झै भएर अल्मलिनुका साथै कर्तव्य र गन्तब्य बिहिन भएर भागबन्डामा अलमलिएको भन्दै उम्मेदवार सिटौलाले यसको गरिमालाई बचाउनका लागि पनि आफु निर्वाचनमा होमिन थालेको बताउनुभयो ।
एन आर एन धनिमानिको क्लब हो, श्रमिक, बिद्यार्थी, महिला आदिलाई भोट बैंक र बिदेशमा बसोबास गर्ने नेपालीहरुको संख्याको रुपमा मात्र प्रयोग गर्छ भन्ने भ्रम लाई चिर्न तथा यसको बृहत्तर सुधार, थप परिस्कृत नेतृत्व, प्रभावकारी र परिणाममुखी बनाउनु पर्नेमा ढिलै भए पनि प्रवासीहरु एकजुट हुनुको बिकल्प छैन भन्ने आफ्नो सोच रहेको उहाँले बताउनुभयो । ‘पोखरी सफागर्न डिलबाट निर्देशन अर्थात् मुकदर्शक बनेर होइन, जाल लिएर पोखरिमै पस्नु पर्छ भन्ने“ मान्यतालाई आत्मसात गर्दै र गुम्दै गरेको एन आर एनको साखलाई पुनर्जीवित पार्न र गैरआवासीय नेपालीको गरीमा उच्च बनाउन आफुले उम्मेदवारी दिन लागेको भन्दै अमुल्य मत दिएर बिजयी गराउन समेत उहाँले अपिल गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघमा पदको लागि सयौं खोक्रा एजेन्डा र प्रतिबद्धताहरुको फुलबुट्टाले भरिएको दस्तावेज पस्किने तर न्युनतम नगरिनहुने कामहरु समेत केही नगर्ने प्रवृत्ति मौलाएको भन्दै आफु बिजयी भएपछि एनआरएनलाई नमुना संस्था बनाउन पहल गर्ने समेत उहाँको योजना छ । सन् २००५ को दोस्रो विश्व सम्मेलन देखि एनआरएनएमा जोडिएर १८ बर्ष देखि एनआरएन कोरियाको संस्थापक अध्यक्षबाट आइसीसी सदस्य हुंदै, विभिन्न कार्यदलमा अग्रगामी भुमिका निर्बाह गर्दाका अनुभव र कोरिया स्थित विभिन्न संघ संस्थाको सन्चालक समिति सदस्यको रुपमा सिकेका ज्ञान र सिप बाट संघ तथा सम्पूणर् गैरआवासीय नेपाली हरुको हक हितमा काम गर्न सक्ने आत्मविश्वास र इच्छाशक्ति प्रस्तुत गर्दै संस्थामा सक्षम व्यक्तिहरुको खांचोलाई थोरैभए पनि बल थप्न सक्ने दृढता र आत्म बिश्वास समेत सिटौलाले व्यक्त गर्नुभएको छ ।

Facebook Comments Box