भट्ट-मोतीराम भट्ट पुस्तकको लोकार्पण

साहित्य

काठमाडौँ, ५ फागुन : पुष्कर लोहनीद्वारा लिखित ‘भट्ट मोतीराम भट्ट’ पुस्तकको परिमार्जनसहित पुनःप्रकाशन तथा लोकार्पण गरिएको छ । आज नक्सालस्थित पशुपति विद्यासदन बालमन्दिरमा आयोजित कविशिरोमणि राजीवलोचन जोशीको ९५औँ स्मृति दिवसका अवसरमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

राजीवलोचन जोशी स्मारक प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक यसअघि २०६४ सालमा प्रथमपटक प्रकाशित भएको थियो । कार्यक्रममा प्रकाशक एवं प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तमराज जोशीले भन्नुभयो, “राजीवलोचन जोशीको ७९औँ स्मृति दिवसका अवसर पारेर भट्ट-मोतीराम भट्ट पुस्तक प्रकाशन गरेका थियौँ भने अहिले उहाँको ९५औँ स्मृति दिवसमा परिमार्जनसहित पुनः प्रकाशन तथा लोकार्पण गरेका छौँ ।”

पुस्तकमा मोतीराम भट्टको जीवन तथा लेखनका विभिन्न आयाममाथि चर्चा गरिएको छ । राजीवलोचन जोशी स्मारक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा पूर्वन्यायाधीश प्रकाश वस्तीलाई सम्मानसमेत गरिएको छ भने कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box