नेपाल सरकारका माननीय मन्त्री तथा एमाले नेतृहरूसंग न्यूयोर्कस्थित नेपाली समुदायको बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रवास समाचार

यहि मार्च १७, २०२४ आईतवार प्रवासी नेपाली मञ्च न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कस्थित करीव ५० भन्दा बढ़ी नेपाली सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा बृहद अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व संबिधान सभा सभासद तथा नेकपा एमाले स्थायी कमिटी सदश्य डा. बिन्दा पाण्डे र पूर्व सांसद तथा एमाले पोलिटब्यूरो सदश्य शान्ता चौधरीको बिशेष आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीका सदस्य सरस्वती नेपाली, राष्ट्रिय युबा संघ नेपालका प्रबक्ता निरोज पौडेल, प्रवासी नेपाली मञ्चका अन्तराष्ट्रिय अध्यक्ष संजय थापा, अमेरिकाका राष्ट्रिय अध्यक्ष कृष्ण लामीछाने, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, ONF अमेरिका-क्यानाडा महादेश कमिटी सदस्य अशोक कार्की, ONF अंतराष्ट्रीय कमिटी सल्लाहकार फुरी शेर्पा, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वांग, अधिकार न्यूयोर्ककि कार्यक्रम निर्देशक नर्मदा क्षेत्री, अमेरिकाका लागी नेपाली पूर्व राज़दूत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका नेपाली स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो । बिशिष्ट अतिथिहरूसंगको अंतर्क्रियामा नेपालीहरूले यहाँ तथा अन्य प्रवास क्षेत्रमा भोगेका नेपाली पासपोर्ट नवीकरण सम्बन्धी समस्या, युवाहरूलाई बिदेश पलायन हुनबाट रोक्न सरकारले गर्नुपर्ने नीतिगत ब्यवस्था, एनआरएन नागरिकताको बारेमा प्रशासनिक स्पष्टता आदि प्रवाशी नेपालीका समसामयिक जनसरोकारका बारेमा बिभिन्न ब्यक्तिहरूले बिविध प्रश्नहरू उठाएका थिए ।

अंतर्क्रियामा उठेका प्रश्नहरूको जवाफ दिंदै मन्त्री भगवती चौधरीले नेपाली पासपोर्ट नवीकरणको समस्या समाधानको लागी न्यूयोर्कस्थित कंसुलर कार्यालयलाई उक्त कार्यक्रममैं निर्देशन दिईन भने उनले यहाँ उठान गरिएका अन्य समस्याहरू नेपाल सरकारका सरोकार निकायहरुमा प्रेषित गरी समाधान गर्न प्रयास गर्ने जानकारी गराईन । उनले आफु एक संघर्षशील महिला भएको र निर्वाचनमा पटक पटक धूर्त्याइंको कारण हारेर पनी ऐले निर्वाचित हुन सफल भएको बताऊँदै सरकारमा रहेर जनसरोकारका मुद्दामा आफ़ुले क्षमता अनुरूप सक्दो काम गर्ने अठोट ब्यक्त गरिन । एमाले नेता एवं पूर्व सभासद डा. बिन्दा पाण्डेले मूलुकमा राजनीतिक अस्थिरताको कारक ऐलेको निर्वाचन प्रणाली रहेको बताऊँदै मूलुकको संवृद्धि र बिकासमा प्रवासी नेपालीहरूको पनि उत्तिकै भुमिका रहेको बताईंन । आफ़्ना बिगतका दासतायुक्त संघर्षमय जीवन “कमलरी देखी सांसद एवं संयुक्तराष्ट्रसंघ सम्म” को अवस्थामा आईपुग्दाको स्थितिको चर्चा गर्दै पूर्व सांसद शान्ता चौधरीले पिछड़िएको वा अल्पसंख्यक जनजातिहरूले आफ्नो उत्थानको निम्ति अरुलाई गाली गरेर हैन कि आफुलाई सक्षम र सबल बनाउंदै मूलधारको राजनीति र बिकासमा प्रतिस्पर्धा गर्नुपर्ने कुरा समेत सुझाईन । अधिकार न्यूयोर्ककि निर्देशक नर्वदा क्षेत्रीले यहाँको नेपाली डायस्पोरामा अधिकार संस्थाले महिला तथा अन्य लक्षित समूहमा संचालन गरेको कार्यक्रमहरू बारे जानकारी गराएकी थिईन ।

अर्का वक्ता ONF का अन्तराष्ट्रीय अध्यक्ष संजय थापाले प्रवासी नेपालीहरू नेपालको संवृद्धिको निम्ति सहयोग गर्न सदैव उत्साहित रहेका छन् तर ऊनीहरूको निम्ति को निम्ति सरकारले उचित र प्रष्ट नीतिको ब्यवस्था गर्नु आवश्यक भएको बताए । ONF अमेरिकाका उपसचिव कृष्ण आचार्यले माननीय भगवती चौधरीको सामाजिक राजनीतिक पृष्ठभूमिको चर्चा गर्दै आफु बिगतमा ऊनीसंगै स्थानीय सामाजिक राजनीतिक गतिबिधिमा संगै काम गरेको जानकारी गराए । अंतर्क्रियामा न्यूयोर्क राज्य कमिटीका सहसचिव शम्भु राई, जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरूङ, एनआरएनएका क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, अन्तराष्ट्रिय तामाङ परिषदका उपमहासचिव लाक्यन लामा, एनआरएनए न्यूयोर्कका पूर्वसचिव बासु लामिछाने, गोर्खाली समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, धादिङ समाजका सदस्य सागर अधिकारीलगायतका सहभागीहरूले प्रमुख अतिथी र अतिथीहरुसँग जिज्ञासा राखेका थिए । ONF न्यूयोर्क च्याप्टरका सचिव बलभद्र खडायतले संचालन गरेको उक्त कार्यक्रमलाई अध्यक्ष गोपी ढुंगानाले आगन्तुक सबैलाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै सभा समापन भएको घोषणा गरेका थिए ।

Facebook Comments Box