भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

साहित्य

चितवन, १९ चैत : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । ‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर–१० का डि आर पोखरेललाई प्रदान गरिएको छ । उहाँलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । उहाँहरुलाई जनही रु ५० हजारसहित सम्मान गरिएको हो ।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर–१ की सिम्रन क्षेत्रीलाई उहाँको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर–१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ । उहाँहरुलाई जनही रु २५ हजार ७८ सहित सम्मान गरिएको हो ।

यस्तै राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ । उहाँलाई रु ४० हजार ७८ सहित सम्मान गरियो । सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल ग¥यो । उहाँलाई रु ३० हजार ७८ सहित सम्मान गरिएको छ । काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त ग¥यो । उहाँलाई रु २० हजार ७८ बाट पुरस्कृत गरिएको छ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही रु १० हजार ७८ बाट पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो । उहाँलाई रु १० हजार ७८ सहित पुरस्कृत गरिएको छ । यस्तै अनुस्का न्यौपानेलाई रु आठ हजार ७८, चिरञ्जीवी दाहाललाई रु ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु चार हजार ७८ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments Box