“विश्व खेलकुद दिवसमा मिनि म्याराथन,अजित र रेश्मा प्रथम”

खेलकुद

विश्व खेलकुद दिवसको अवसरमा बुद्ध शक्ति कराते डोजोको आयोजना र शिवराज नगरपालिका १ नम्बर वडाको सहयोग मा कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा मिनि म्याराथन सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ झापाका अजितकुमार यादव र महिला तर्फ नेपाली सेनाकी रेशम काफ्ले प्रथम भएकाछन ।
त्यसैगरी दाङ का प्रेम बस्नेत द्वितीय भए भने,कपिलवस्तुका अजय पाण्डेले तृतीय स्थानमा चित्त बुझाए ।यसैगरी महिला तर्फ शिवराज का स्मृति पुन दोश्रो, स्वीकृति न्यौपानेले तेश्रो भईन । विश्व खेलकुद दिवसको अवसरमा बुद्ध शक्ति कराते डोजोको आयोजना तथा शिवराज नगरपालिका-१ को सहयोग एवम वडा नम्बर ५, ७, र शिवगढी इङ्गलिस स्कूल को सहकार्यमा आयोजना भएको थियो ।बिजेता खेलाडीहरुलाई शिवराज-१ का अध्यक्ष खिमबिक्रम केसी र आयोजक शिवशक्ती डोजोका अध्यक्ष रामु सुनार लगायतले पुरस्कार वितरण गरे ।

Facebook Comments Box