सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकता हो ः श्रममन्त्री डीपी अर्याल

प्रवास मुख्य समाचार वैदेशिक रोजगार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्ने बताउनु भएको हो ।
रोजगारी सृजना गर्नका लागि निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनु भयो । ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ,’ उहाँले भन्नुभयो । त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधै तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै, आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिइएको बताउनुभयो । ‘मन्त्रालय अन्तर्गत भैसेपाटीमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेशनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै, शिक्षा मन्त्रालय अन्र्तगत रहेको सिटिईभिटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उहाँले भन्नुभयो ।
आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गर्नुभयो ।

Facebook Comments Box