ताप्लेजुङ्ग सम्पर्क समितिले अप्रिल २८ मा “डिग्री माइला” देगुमा देखाउदै, HANPASS को सेवा पनि लिन सकिने

कोरियाअपडेट समाचार

बिमु राई
सौल / दक्षिण कोरिया !

ताप्लेजुङ्ग सम्पर्क समितिको आयोजनामा अप्रिल २८ आइतबारका दिन आपतकालीन राहातकोष स्थापनार्थ डिग्री माइला” देगुमा प्रदर्शन हुने भएको छ ! सुदुर पूर्वको जिल्ला ताप्लेजुङ्गमा बर्षा याम र सुख्खा याम सुरु भए संगै दैबिक बिपतीहरुको जोखिम धेरै नै बढि हुने समस्यालाई मध्यनज़र गर्दै ताप्लेजुड् घरभइ हाल कोरियामा कार्यरत नेपालीहरूको साझा संस्था ताप्लेजुङ्ग सम्पर्क समितिले “डिग्री माइला” फिल्म देखाएर आपतकालीन राहातकोष स्थापना गर्न लागेको ताप्लेजुङ्ग सम्पर्क समितिका अध्यक्ष अर्जुन सेन्दाङ लिम्बूले कामदार दैनिकलाई बताउनुभयो !

राम्रो फिल्म हेरेर मनोरञ्जन लिदै सुदुर पूर्वको जिल्ला ताप्लेजुङ्गमा बर्षा याम र सुख्खा याममा हुने दैबिक बिपतीमा परेकाहरुलाई मद्दत समेत गर्न सकिने हुदा सबैको साथ र सहयोग हुने कुरामा आफुहरु ढुक्क रहेको र सबैको साथ र सहयोग को लागि ताप्लेजुङ्ग सम्पर्क समितिले हार्दिक अनुरोध पनि गरेको छ !

उक्त कार्यक्रममा HANPASS को सेवा पनि लिन सकिने र पासपोर्ट मात्र भएकाले पनि HANPASS बनाएर कोरिएन बैंक( वाल्लेट VIRTUAL ACCOUNT ) को एटीएम कार्ड लिन सकीने साथै HANPASS का सम्पूर्णसेवाहरु लिन सकिने आयोजकले बताएको छ !

 

 

कार्यक्रम समय: बिहान १ बजे बाट
स्थान: 대구 광역시 달서구 벌대로 1095
계명대하교 바우어관 1229호

कार्यक्रमको विस्तृत जानकारीको लागि ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष -श्री र्जुन सेन्दाङ लिम्बू ,सम्पर्क नं- ०१०-८३८४-९८१७ एबम पदाधिकारी ज्युहरु, डम्बर इधिङ्गो, ०१०-६४४१-६१५१, राम चाम्लिङ, ०१०-४४६४-९०१९, छत्र गुरुङ, ०१०-७३२३-९४१२ संग सम्पर्क गर्न सकने छ ! टिकेट को शुल्क सहयोग शो रुप २५,०००वोन राखिएको आयोजकले बताएको छ !

Facebook Comments Box