सोलुखुम्बुका ज्येष्ठ नागरिक गणेश बस्नेतको अभिनन्दन

आर्थिक समाचार

काठमाडौँ, ५ वैशाख : सोलुखुम्बुवासी र सोलुखुम्बुकै कांगेल बाहुण्डी सरोकार केन्द्रले समाजसेवी गणेशबहादुर बस्नेतलाई अभिनन्दन गरेको छ ।

राणाशासन, पञ्चायत र सङ्घीय व्यवस्थाको अनुभव संगाल्नुभएका बस्नेत एक सय एक वर्ष पुग्नुभएको अवसरमा काठमाडौँको बत्तीसपुतलीमा अभिनन्दन गरिएको हो ।

प्रथम राष्ट्रपति रामवरण यादवले कार्यक्रमको प्रमुख अतिथिको रुपमा बस्नेतलाई अभिनन्दन गर्नुभएको हो । अभिनन्दन पश्चात प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “राम्रो काम गर्नेलाई समाजले, राष्ट्रले र संसारले सम्मान गर्छ भन्ने नयाँ पुस्ताले सिक्नुपर्छ । सिङ्गो जिल्लावासीले गरेको अभिनन्दन उहाँको सत्कर्मको सम्मान हो ।”

कार्यक्रमका सभापति हुतराज बस्नेतले गणेशबहादुर बस्नेतको व्यक्तित्वको चर्चा गनुभयो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक वृत्तमा गणेशबहादुर बस्नेत सधैँ सक्रिय रहनुभएको र उहाँको वृत्तान्त प्रकाशन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद डोल्मा तामाङ, बुद्धिराज भण्डारी तथा कांग्रेस नेता बलबहादुर केसीले बस्नेत बारे विचार राख्नुभएको थियो ।

Facebook Comments Box