अखिल नेपाल महिला सङ्घको झापा अध्यक्षमा तारा श्रेष्ठ

राजनीति समाचार

बनियानी (झापा), ८ वैशाखः अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ ।

चैत २८ गते सुरु भएको विस्तारित भेलाले आज नयाँ नेतृत्व चयन गरेको हो । भेलाले तारा श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रीता मिश्र चयन हुनुभएको छ । समितिको सचिवमा टीका राउत, सहसचिवमा हीरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला विक चयन हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट नवनिर्वाचित पदाधिकारीलाई अनेम सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सदस्य निरु खतिवडाले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

Facebook Comments Box