मे १९ का दिन नेपाल गुम्बाले सउलमा परेड,बृहत साँस्कृतिक झाँकी सहित बुद्धजयन्ती भव्य रूपमा मनाउने

कोरियाअपडेट समाचार

सौल

दक्षिण कोरिया

२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ ।

उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरि मनाउने भएकोले कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरूमा सहभागिताका लागि सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेका छन् । गत शनिवार जुम भर्च्युअलमा बसेको छलफलका क्रममा नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथा र शान्तिका अग्रदुत भगवान बुद्धको जन्मभूमि नेपाल भनेर चिनिने बताए । उहाँले हामीले प्रवासमा हाम्रो कला र संस्कृती साटासाट गरेर देशको पर्यटन क्षेत्रमा सघाउन यस्ता कार्यक्रमहरूको अहम भूमिका खेल्ने हुदाँ कार्यक्रम सफल बनाउन सबैले हातोमालो गर्नुपर्ने समेत बताए ।

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्म कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । विश्व शान्तिका अग्रदूत भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथा विश्वसामु हामी नेपालीको चिनारी (पहिचान) हो । उक्त महान तिथिलाई नेपाली समुदाय तथा बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्ध जयन्तीका रूपमा मनाउन जरूरी छ । किम्हे बुसानमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजनामा त्यहाँ क्रियाशील जनजाती महासघं लगायतका विभिन्न सघं-संस्थाहरूको व्यवस्थपनमा मे २६ तारिख विविध कार्यक्रमहरू गरि मनाउने नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाका अध्यक्ष सोम योन्जन तामाङले बताए । त्यस्तैगरी युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ ।

Facebook Comments Box