वर्तमान परिस्थितिमा राप्रपाले रोजेको बाटो

विचार/अन्तर्वार्ता

आरके बस्नेत

मुलुककको वर्तमान राजनीतिक अवस्था दिनदिनै डरलाग्दो छ, अजाडलाग्दो छ तथा भयावह अवस्थामा छ । आज भोलि र अहिले नै के हुन्छ कसैले सोच्न नसक्ने अवस्थामा देश पुगिसकेको छ । यो देश नेपाल कसरी कहाँबाट संचालित भइरहेको छ, कसैलाई अत्तोपत्तो छैन । यस्तो बरबर अवस्थामा देश पुग्दा पनि आम जनताहरु आफ्नै दैनिकी गुजारा कसरी गर्ने भन्ने अवस्थामा मात्रै चिन्तित देखिन्छन् । दिनप्रति सोच्न सक्ने, राजनैतिक विश्लेषण गर्न सक्ने वौद्धिक क्षमताको दिनानुदिन ह«ास भइरहेको देखिन्छ । अब यस्तो अवस्थामा आफ्नो आवश्यकता, दैनिकीलाई थाती राखेर देश कुन अवस्थामा गुज्रिरहेको छ, अब भोलि कुन अवस्थामा जाँदैछ, यो सोच्नै पर्ने अवस्था आइसकेको छ । अब बेलैमा देशका युवाहरु जाँगौ । अब पनि नजागे देशकै अस्तित्व नरहने हो कि भन्ने दिन आइसकेको देखिन्छ । हिजोको दिनमा आमुल परिवर्तन गर्छु भनेर राजनीति गर्नेहरु आज कहाँ छन्, कुन अवस्थामा छन् । उनीहरु अहिले राज्यको सेवा सुविधा सान सौकत साथ तपाई हामी माझ हिडिरहेका छन् । तर उनीहरुले जनतालाई देखाएको सपना, परिकल्पना आज जनताको लागि भने सपना जस्ता मात्र देखिन्छ । जनतालाई ढाटेर सत्तामा पुगेकाहरु आज पनि जनता ढाँटी नै रहेको देखिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यि सबै प्रकरणमा ठूला पार्टीका नेता संलग्न रहेको देखिन्छ । जसरी हुन्छ धनि हुनु छ, धाकधम्की दिनु छ। के नेताहरु धनि हुनका लागि मात्र यो व्यवस्था आएको हो ? जनताको अवस्था चाही दिनानुदिन खस्कदो छ, आज खाए भोलि के खाऊँ भन्ने अवस्था छ । बाँच्नै लागि एकले अर्काको लागि झुक्याउने, जालझेल गर्ने, चोर्नु पर्ने, ठग्नुपर्ने, लुट्नुपर्ने अवस्था छ । यति पनि गर्न नजान्ने नेपाली पासपोर्ट बोकेर खाँडीतिर जानैपर्ने अवस्था छ । यो हाम्रो समाजमा देखेका र हामीले भोगेका र अनुभव गरेको कुरा हो । यसमा कुनै नेपालीको दुइमत देखिँदैन । यसै मेसोमा भन्नुपर्दा यतिबेला नेपाल राजनीतिमा राजा ज्ञानेन्द्रको चर्चा परिचर्चा दिनानुदिन बढिरहेको छ । यति बेला दलहरुसँग उहाँले पाँच बुधे सहमतिमै आफ्नो पूर्खाको विरासत नेपाली जनतालाई नासोको रुपमा दिनु भयो । अब नेपाल जोगाउनका लागि हामी नेपालीहरु आदिकालसम्म नेपाली नै भएर यो देशमा बाँच्नका लागि सम्पूर्ण नेपालीहरु एकजुट भएर त्यो नासोलाई राजालाई नै फिर्ता गर्नु पर्ने दिन आइसकेको छ । यदि यसमा हामीले बिलम्ब ग¥यौ भने हाम्रो हातमा नेपाली नागरिकता, नेपाली पासपोर्ट, स्वाभिमान र नेपालीपन नै गुम्ने अवस्था आइरहेको देखिन्छ । जुन बेला विदेशीको लहलहैमा, अक्साहाटमा विदेशी लगानीमा, चोर बाटोबाट धोकाधारी तरिकाले गणतन्त्र ल्याएँ र निर्दोष राजालाई विभिन्न दोष लगाई जसरी श्रीपेज खोसियो । अब हामी सच्चा न्यायप्रेमी नेपालीले श्रीपेज फिर्ता गराउन विभिन्न तरिकाबाट संगठित हुनुपर्ने अवस्थामा छ, अघि बढ्नु पर्ने अवस्था छ र जब जनस्तरबाटै राजालाई श्रीपेज, पहिराउदैनौ, तबसम्म नेपाल र नेपाली र हाम्रो भावी सन्ततीलाई शान्ति हुने छैन । त्यसैले राजसंस्था पूनरवहालीका लागि सम्पूर्ण नेपालीहरु जाँगौ, संगठित होउ, राजसंस्था पूनरवहाली गर्न लागौँ । के हिन्दु, के मुस्लिम, के किराँत, के वौण सबै धर्ममा अवस्था राख्ने सम्पूर्ण हामी नेपाली एक होऊँ । अब देश जोगाउ ।
त्यस्तो त पूर्व राजाको हैसियतमा भए पनि उहाँलाई भारत, चीन अमेरिका, थाइल्याण्ड लगायतका देशमा जाँदा पनि उहाँलाई पहिला जस्तै राजकीय सम्मान दिइरहेको हामी पाउछौ ।
राजसंस्थाको छत्र छहारीमा मात्र नेपाल र नेपालीको भविष्य छ । राजा भनेको नेपालीको शान हो, हाम्रो मान हो । जसरी राजा अन्तराष्ट्रिय भ्रमणमा होस वा स्वदेशमै होस् , जहाँ जहाँ राजा पुग्छन्, त्यहाँ त्यहाँ आज पनि पहिले जसरी राजकीय सम्मान पाइरहदा हाम्रो जिउमा हर्षले काडा उम्रिन्छ । जहाँ राजाले सम्मान पाउछन् त्यहाँ हामी पनि सम्मानित भएको गर्विलो अनुभुति गर्छौँ । गरिरहेका छौँ । त्यसैले नेपालमा गणतन्त्रको अन्त गरी राजसंस्थाको पूनरवहाली अत्यन्त जरुरी छ । यो सबै देशभक्तहरुको आवाज हो ।
यसै शिलशिलामा यतिबेला हिन्दु धर्म र राजसंस्थालाई प्रमुख एजेण्डाको रुपमा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति जनआव्रmसन छ । राप्रपामा प्रवेश गर्नेको लहर छ । यति मात्र होइन राप्रपाले ४० वर्ष मुनिका युवा र महिलालाई संगठित गर्ने उद्देश्यले “नविन राप्रपा” अभियान संचालन गरेको छ । यसले सबै तहमा रहेका राप्रपाका नेता कार्यकर्तामा उत्साह छाएको छ । यो अभियान चलिरहने छ । राप्रपाले दुई लाख सक्रिय सदस्य बनाउँदै छ । यो झन राम्रो पक्ष हो । यो अभियान घोषणा पछि देश व्यापी रुपमा राप्रपामा प्रवेश गर्नेको लहर चलिरहेको छ । देशभर हलचल मच्चिरहेको छ ।
राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन किराँत धर्म गुरु फाल्गुनन्द लिङदेनका सन्तान हुनुहुन्छ । उहाँको व्यक्तित्व शालिन, सरल र जुनसुकै परिस्थितिमा पनि सहज रुपमा अघि बढ्न सक्ने क्षमतावान हुनुहुन्छ । उहाँ आम नेपाली जस्तै सरल र साधारण जिवन शैलीमा जिउन सक्ने व्यक्तित्व भएकै कारण आम नेपालीहरुले उहाँलाई रुचाई रहेका छन् । रुचाइ रहिरहनेछन् । उहाँको यहि व्यक्तित्वको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज यो उचाईसम्म आइपुगेको हो ।
आज महँगी जनताले धान्नै नसक्ने गरेर बढिरहेको छ । जस अनुसार शहरका हरेक पसलहरुमा व्यापार नभएर दिनानुदिन सटरहरु बन्द भइरहेका छन् । जनतामा क्रय शक्तिको ह«ास आएर व्यापारमा मन्दी आएको देखिन्छ । यो अवस्थामा सर्वसाधारण जनताले नुन तेल खाद्यन्न बाहेक अरु किन्नको लागि सोच्नसम्म नसक्ने अवस्था आइरहेको छ । एकातिर शहरमा व्यापारी घरभाडा तिर्न नसक्ने अवस्थामा हुन भने जनता पनि किन्नै नसक्ने अवस्थामा छन् । त्यसो त अव्यवहारिक रुपमा भइरहेको महँगीमा समेत सरकारी निकाय भने मौन देखिन्छन् । देश बनाउछु, जनतालाई राहत दिन्छु भनेर सत्तामा पुगेकाहरु भ्रष्टाचारमा मस्त भए, मस्त देखिन्छन् । सहकारीहरुले पनि ठगि गरिरहेका छज् । सहकारीमा जनताले आफुनखाई नखाई गरेर जम्मा गरेको सम्पत्ति समेत फिर्ता नपाईरहेको अवस्था छ ।
अर्कोतिर मिटरव्याजी पिडितहरु माइतीघर मण्डलामा सरकारसँग न्याय मागिरहेका छन् । के यस्तै क्रियाकलाप गर्ने माथि छुट दिन गणतन्त्र आएको हो ? पिडितहरुले जतिसक्दो चाडो न्याय पाउनु पर्छ । आफ्नो घरवासमा बस्न पाउने अवस्थाको सरकारले नै सृजना गरिदिनु पर्छ ।
नेपालमा हाल देखा परिरहेका तमाम समस्याहरुको एउटै मात्र जत्र भनेको गणतन्त्र हो । यो गणतन्त्र विदेशी लगानीबाट मलजल गरेर आएको “तन्त्र” को अन्त्य नै नेपालीहरुले भोगिरहेको समस्याको समाधान हो । अब सम्पूर्ण नेपालीहरु एक भएर छिटो भन्दा छिटो गणतन्त्रको अन्त्य गरौँ । यसको लागि सम्पूर्ण राष्ट्रवादीहरु राप्रपामा लागौँ राप्रपामा आबद्ध होउ ।
त्यसो त नेपाल आफैमा सङग्रहलाय हो । यो हावापानी, हिमाल, पहाड तराई सांस्कृतिक विविधताले भरिपूर्ण सानो देश हो । यसलाई जगेर्ना गर्नु गराउने भन्दा पनि विदेशीले आफ्नो हितको लागि सोझा साझा नेपालीलाई एकअर्कामा जुधाएर, आफु अनुकुल बनाउन व्यस्त देखिन्छन् । किन यसो गरिरहेका छन् ? नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? यस विषयमा हामी स्वाभिमानी नेपालीले गम्भीर भएर सोच्नु र बुझ्नु जरुरी छ । हामीसँग भएका अथाह युरेनियम, लिथियम, कपर लगायत धातुहरु विदेशीले आफ्नो बनाउन लालायित छन् । सबैभन्दा पहिलो यो बुझ्नुपर्ने विषय हो । हामीलाई देशको माया छ, जनताको माया छ, जनता जुन बाटो चाहन्छन् हामी त्यसै गरी दिइरहेका छौ । यो देश सबैको साझा हो । यहाँ सबैले शान्तिपूर्ण राजनीति गर्न पाउनु पर्छ । त्यसो त राजसंस्थाबिना नेपालको कल्पना नै गर्न सकिँदैन । हिजो कस्तो अवस्था थियो र आज कस्तो अवस्था छ, यो निष्पक्ष भएर सोचौ, निष्पक्ष भएर बुझौ । राजसंस्था हुँदा देशमा शान्ति थियौ कि आज, हिजोको दिनमा विकास थियो कि आज ।
जसरी तपाई हामीले विभिन्न राजनीतिक घटनाक्रमहरु भोग्दै आयौ । यी भोगाईहरु लाई साच्चै छातीमा हात राखेर ठण्डा दिमागले सोचौ । के गणतन्त्र तपाई हामी, हाम्रो परिवार, हाम्रो भावि सन्तती, राष्ट्र राष्ट्रियका लागि पलदायी रहेछ त ? खासगरी हिजो राजसंस्था हुँदा र अहिले गणतन्त्र हुँदा कहाँ कति प्रतिशत विकास भयो ।
गणतन्त्रवादीहरुले ल्याएको बजेट हेरेर अहिलेको अवस्थाबारे प्रष्ट हुन्छ । यस वर्षको बजेट व्यापारीहरुलाई झन धनी बनाउने अभिप्रयामा आएको देखिन्छ । यो बजेट पहिलाकै निरन्तरता हो । गरिब जनतालाई राहात दिन बजेटमा नयाँ केही छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि नयाँ बजेट छैन । बरु बढ्दो छ । त्यसैले वर्तमान गण्तन्त्रवादीहरु हरेक क्षेत्रमा असफल भइरहेको पुष्टी हुन्छ । (लेखक बस्नेत राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य तथा युवा नेता हुनुहुन्छ ।)

Facebook Comments Box