पृथ्वीनारायण शाहको शालिक हटाउँदा हामीलाई चोट पुगेको छ

विचार/अन्तर्वार्ता
आरके बस्नेत

यतिबेला मुलुकको अवस्था दयनीय छ । राजनीतिक अख्तियरता कायम छ । देशको सेवा, जनताको सेवा, विकास निर्माण, रोजगारीको अवसर दिन भनेर आएकाहरु प्रमुख दलका नेताहरु यतिबेला सत्ता स्वार्थले आफै जुधिरहेका छन् । एमालेले पटक पटक सदन अवरुद्ध गर्नु सत्ता नपाएको कारण हो भनिन्छ । अरु कारण छैन ।
नेपाल भन्ने देश कसैको दया, माया, आशिर्वाद, उपहारमा पाएको देश होइन । हाम्रा पूर्खाहरुको रगत पसिनाबाट आर्जित देश हो । जसको नेतृत्व पृथ्वी नारायण शाहले गर्नुभएको थियो । जसमा सारा नेपालीको योजना, सहकार्यबाट नेपाल विस्तार हुँदा आज हामी यो स्थानसम्म आइपुगेका छौ । यो कुरा सर्वविविदै छ । तर भित्रि र महत्वपूर्ण कुरा के हो भने त्यसबेलाको ससाना राज्य जितेर पृथ्वी नारायण शाहले विशाल नेपाल बनाउनु भयो । ससाना राज्य एकिकरण भएपनि कुनै पनि जातजाती, भाषाभाषी, संस्कृती, कला रितिरिवाज, चाडपर्व बिगारेर तोडफोड गरेनन् । आफु अनुकुल बनाउन खोजेनन् । तब त आज पनि हामीले विशेष जातजाती भाषाभाषीहरु पाइरहेका छौ ।
तर आज नेपालीहरु विदेशीको इशारामा धर्म संस्कृति, रितिरिवाज नास गरी देशै मास्नेसम्मका कार्यमा लागिपरेका छन् । राष्ट्रनिर्माता, पृथ्वीनारायण शाहले सबै धर्म संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्दै नेपाल एकिकरण गर्नु भएको थियो । साथै भूगोल पनि जोड्नुभयो । उहाँकै कारण हामी यतिबेला नेपाली हौ भनेर शिर ठाडो पारेर हिँड्न पाएका छौ, बाँच्न पाएका छौ ।
यसै व्रmममा केहि दिन अघि पोखराको पृथ्वी चोकमा रहेको पृथ्वी नारायण शाहको शालिक मध्य रातमा प्रशासनको संरक्षणमा हटाइएको विभिन्न समाचारबाट हामीले थाहा पायौ, बुझ्यौ । एउटा देश हुन इतिहास जरुरी हुन्छ, पृथ्वी नारायण शाहको शालिक जसरी हटाइयो, त्यसरी नै पुर्नस्थापना हुनुपर्छ । त्यहाँबाट शालिक हटाउनु नेपालीहरुकै मुटुमा आक्रमण गरे जस्तो हामीलाई लागेको दुःख लागिरहेको छ, हामी यस्तै महसुस गरिरहेका छौ । र यो शालिक जसले हटाएको भएपनि इमान्दार रुपमा सोही स्थान पूनस्थापना गर्न हामी सबैको ध्यानाकर्षण गर्दै जोडदार माग गर्दछौ । यो देश, यो भूगोल, हाम्रो गर्वको स्थान हो, यहाँ हाम्रो धर्मको माया गर्नेछन् , युगौ देखि राजसंस्थाको माया गर्ने छन् , राजसंस्थाले देश निर्माण गर्न पु¥याएको योगदानलाई नेपाली जनताले कहिले भुल्ने छैनन्, पृथ्वी नारायण शाह होस् या राजा ज्ञानेन्द्र होस् उहाँहरु सबैप्रति जनताको सम्मान र माया छ ।
राजा ज्ञानेन्द्र शाहले बिना रक्तपात जसरी नेपाली जनतालाई नासो छोड्नु भएको थियो, त्यो जनताप्रतिकै माया, मोह र सम्मानको प्रतिक थियो । र आज देश कुन अवस्थामा छ, त्यो हेरौ, दिनदिनै काण्डहरु थपिदैछ । देशभर भ्रष्टाचार फैलिरहेको देखिन्छ । महँगी, बेरोजगारी बढिरहेको छ । स्वदेशमा काम गर्नै नपाएर देशका होनाहार युवा बाच्ननै लागि विदेशी माटोमा काम गर्न जानु परिरहेको छ । त्यसैले नेपाल एकिकरण गर्ने पूर्खाको सम्मान गरौँ, देश जनता र राजसंस्थाप्रतिको अटुट माया र विकास कायम राखौ । (लेखक बस्नेत राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य तथा युवा नेता हुनुहुन्छ ।)

Facebook Comments Box