सेती महाकाली साँगीतिक सौगात भाग ~४’ को आर्थिक विवरण सार्वजनिक

कोरियाअपडेट

कामदार दैनिक
सिओल, कोरिया।

सुदूरपश्चिम समाज, कोरियाले सल्नालका अवसरमा गत् जनवरी २१,तारिखमा आयोजना गरेको ‘सेती महाकाली साँगीतिक सौगात भाग -४ʼ को आर्थिक विवरण सार्वजनिक गरेको छ। उक्त कार्यक्रमबाट सो संस्थाले सहयोगीहरूबाट सहयोग, संस्थागत सहयोग, स्पोन्सर सहयोग र टिकट बिक्रीबाट समेत गरी जम्मा ३,४३,७९,६७७ वन आय गरेकोमा कलाकार पारिश्रमिक, कलाकारहरूको हवाइ टिकट भाडा, भिसा प्रोसेसिङ, हल तथा माइक साउण्ड सिस्टम, होटल तथा खाना , कार्यक्रमका दिनको यातायात सवारी भाडा, छपाइ तथा व्यानर र अन्य विविध गरी जम्मा खर्च २,४८,५४,२७७ कोरियन खर्च भइ ९५,२५,४०० कोरियन वन बचत गरेको जानकारी संस्थाका महासचिव महेश बजगाइले दिनुभएको छ र उनका अनुसार बचत रकमबाट पूर्व निर्धारित उद्देश्य बमोजिम समाजले चाँडै सेल्टर स्थापनाका लागि पहल गर्नेछ।
समाजको पछिल्लो बैठकमा कार्यक्रमको आय व्यय एवं समीक्षा भएको थियो। दोङ्मो आफको नमस्ते नेपाल रेष्टुरेण्टमा सम्पन्न भएको बैठकको अध्यक्षता अध्यक्ष सन्तोष सुवर्णकार ले गरेका थिए भने आर्थिक विवरण समाजको कोषाध्यक्ष टंकेश्वर खड्काले प्रस्तुत गरेका थिए। प्रवक्ता तिर्थराज पनेरुले समेत आर्थिक प्रतिवेदनमाथि आफ्ना राय, सुझाव राख्दै पारदर्शिताको सिद्धान्त र मर्म अनुसार बिल,भरपाईको दुरुस्त अभिलेख तयार गरिएको जानकारी गराएका थिए। बैठकमा सबै पदाधिकारी एवं सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो। बैठकमा कार्यक्रम संयोजक यज्ञमान नायक, वरिष्ठ सल्लाहकार डाँ.अग्नीराज कोइराला , पूर्व अध्यक्षहरू कमल शाही,जितेन्द्र महता, लाल साउद लगायतले पालैपालो आफ्ना धारणा राखेको थिए।
समाजले उक्त कार्यक्रममा उपस्थित सबै अतिथिज्यूहरू, सहयोगी संघसंस्था, कलाकार टीम, विभिन्न उपसमिति, आर्थिक सहयोगी महानुभावहरू एवं दर्शकलाई सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्तै सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box