नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको अधिवेसन मार्च १९ मा हुदैँ

कोरियाअपडेट

कामदार दैनिक

सौल/ दक्षिण कोरिया

हाम्रो देश नेपालको राष्ट्रिय खेल भलिबल खेल विकासको लागि प्रवासी भूमि दक्षिण कोरियामाविकास, अनुशासन गतिशीलता, स्वास्थ्य, मित्रता, एकता राष्ट्रका लागि खेलकुद सहभागिताभन्ने नारा सहित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाकोअधिवेसन मार्च १९, आईतबारका दिन नमस्ते रेष्टुरेन्ट, दोङ्म्यो आफ, सौलमा हुने भएको छ।

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाका संयोजक भजिन्द्र क्षेत्रीले हुन गईरहेको ऐतिहासिक तेश्रो अधिवेशन २०२३ तथा  विगत बर्ष देखि कोभिड १९ को कारण रोकिएको भलिबल प्रतियोगिताहरूलाई निरन्तरता दिदैं सन् २०२३ को भलिबल खेल प्रतियोगिताआयोजना कार्यक्रम बांडफाड समेत मार्च १९का दिन हुन गइरहेकोले संघका सम्पूर्ण सल्लाहकार ज्यूहरु , राष्ट्रीय रेफ्रि ज्यूहरु , कोरियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष ज्यूहरु, खेलाडी साथीहरु, अग्रजहरु, व्यवसायी, पत्रकार, मिडियाकर्मी, शुभचिन्तक भलिबल खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि समेत हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रमको बिबरण निम्न अनुसार रहेको छः

कार्यक्रम मितिः २०२३ मार्च १९ , आईतबार

समयः दिनको ठिक १२ः०० बजे

स्थानः नमस्ते रेष्टुरेन्ट, दोङ्म्यो आफ , सौल।

Facebook Comments Box