चन्द्र रानाको अध्यक्षतामा ११ सदस्यीय ‘नेपाल भलिबल संघ दक्षिण कोरिया’ कार्यसमिति गठन

कोरियाअपडेट समाचार

चन्द्र रानाको नेतृत्वमा ‘नेपाल भलिबल संघ दक्षिण कोरिया’ को नयाँ कार्यसमिति गठन भएको छ। आज(आइतबार) भएको ‘नेपाल भलिबल दक्षिण कोरियाको तेस्रो अधिवेशनबाट चन्द्ररानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।रानाको अध्यक्षतामा बनेको ११ सदस्यीय कार्यसमिति बरिष्ठ उपाध्यक्षमा अमित मगर चयन भएका छन्। उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ चयन भएका छन् भने कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन्। बाकी सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । महाधिवेशनको भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । “विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना नेपाल भलिबल संघको मातहतमा रहने गरि आज नेपाल भलिबल संघ दक्षिण कोरिया गठन भएको हो।

एनआरएनका अध्यक्ष दिपक पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले जुम मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो। साथै नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्ण गौतम किशान, नेपाली सम्पर्क समितिका अध्यक्ष श्री श्रेष्ठ, लगायतले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान सचीव चन्द्ररानाको संचालन रहेको कार्यक्रममा अमित रानाले स्वागत मन्तव्य राखेका थिए। भेलाले कोरियामा आयोजना हुने सन् २०२३ को लागि भलिबल खेल प्रतियोगिता आयोजना कार्यक्रम बाँडफाँड समेत गरेको छ।

नेपाल-कोरिया भलिबल संघका निवर्तमान पदाधिकारी लगायत सम्पूर्ण सल्लाहकारहरु, राष्ट्रिय रेफ्रिहरु, कोरियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, खेलाडी, व्यवसायी, पत्रकार, शुभचिन्तकहरुको समेत उपस्तिथिमा तपसिलको तालिका सहित कार्यक्रम बाँढफाड गरेको हो।

खेलको तालिका मिति -:

अप्रिल ३० आईतबार, आयोजक -: गुल्मी सम्पर्क समिति

मे २८ आईतबार, आयोजक -: आनसान नेपाली समाज

जुन २५ आईतबार, आयोजक -: पर्वत समाज

जुलाई ३० आईतबार,आयोजक -: नेपाल कोरिया भलिबल संघ

अगस्ट २७ आईतबार, आयोजक -: विश्वकर्मा समाज

सेप्टेम्बर २४ आईतबार, आयोजक -: ओ.एच.सी. बागलुङ

Facebook Comments Box